मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • एमाले अधिवेशन: यी हुन् लुम्बिनीमा एमालेका निर्वाचित पालिका अध्यक्षहरु

Siddartha premir insuranceSiddartha premir insurance

एमाले अधिवेशन: यी हुन् लुम्बिनीमा एमालेका निर्वाचित पालिका अध्यक्षहरु

नेकपा एमालेको पालिका अधिवेशन लुम्बिनीका अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएपनि केही पालिकामा भने निर्वाचन भएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

बुधबार, कात्तिक १०, २०७८

बुटवल- नेकपा एमालेको पालिका अधिवेशन लुम्बिनीका अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएपनि केही पालिकामा भने निर्वाचन भएको छ। दुई दिनसम्म सहमतिको प्रयास गरिए पनि नेतृत्वमा आकांक्षीले दाबी नछाडेपछि केही पालिकामा चुनाव भएको छ। रुपन्देहीको सिद्धार्थनगरमा दुईवटा प्यानल भएपछि चुनाव भएको छ। अध्यक्षमा थानेश्वर पौडेल र युवा नेता चक्र बहादुर थापा चुनावी मैदानमा उत्रेका छन्। पौडेल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष समेत हुन् भने थापा स्वतन्त्र विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पसका पूर्वसचिव हुन्। रुपन्देहीमा उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल पक्षका नेताले दावी नछोड्दा चुनाव भएको हो। रुपन्देहीको सियारी गाउँपालिकामा पनि सहमतीको प्रयास जारी छ।

triton college

नेकपा एमाले लुम्बिनीका अध्यक्ष लिला गिरीका अनुसार अधिकांशमा भने नेतृत्व सर्वसम्मत भएको छ। रुपन्देहीमा १६ मध्ये २ गाउँपालिकाको मात्रै नतिजा आउन बाँकी छ। त्यस्तै बाँकेको कोहलपुर नगरपालिकामा सहमतीको प्रयास जारी छ। गुल्मीको धुर्कोट र मदाने गाउँपालिकामा मात्रै नेतृत्व चयन हुन बाँकी छ। प्यूठानको प्यूठान नगरपालिका गौमुखी गाउँपालिकामा सहमतीको प्रयास भइरहेको छ। बर्दियामा बाढी पहिरो र नेतृत्वको आकाक्षाका कारण नेतृत्व चयन हुन नसकेको अध्यक्ष गिरीले बताए। रोल्पाको थवाङमा विहिबार चुनाव हुनेछ भने रोल्पा नगरपालिकामा पनि केहि दिन लाग्‍ने भएको छ।

लुम्बिनीमा कहाँ कस्ले जिते?

कपिलवस्तुका १० स्थानीय तहमा सर्वसम्मत नेतृत्व

नेकपा एमालेले कपिलबस्तु जिल्लाका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ। जिल्लाका १० पालिका मध्ये ६ नगरपालिका र ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो। नेकपा एमाले महाराजगञ्ज नगरपालिकाको अध्यक्षमा निजामुद्दीन डफाली सर्वसम्मत चयन भएका छन्। यस्तै शिवराज नगर कमिटी अध्यक्षमा जगत पौडेल, कपिलवस्तु नगरपालिका अध्यक्षमा श्याम प्रजाप्रति, बुद्धभुमी नगर कमिटी अध्यक्ष देवि बेल्बासे, बाणगंगा नगरपालिकाको अध्यक्ष युवराज पोख्रेल र कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप मौर्य सर्वसम्मत चयन भएका छन्।

Metro Mart
vianet

त्यसैगरी, नेकपा एमाले विजयनगर गाउँपालिकाको गाउँ कमिटी अध्यक्षमा थर्क बहादुर खन्गाहा, मायादेवी गाउँपालिका कमिटी अध्यक्षमा जगन्नाथ चौधरी, शुद्धोधन गाउँपालिका अध्यक्षमा राम विलास कुर्मी र यशोधरा गाउँ कमिटी अध्यक्षमा हराम सरिफ मुसलमान सर्वसम्मत चयन भएका छन्।

रुकुम पूर्वमा तीन तहमै नेतृत्व चयन

नेकपा एमाले रुकुमपूर्वका तीन स्थानीय तहमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ। नेकपा एमाले रुकुमपूर्वका जिल्ला सचिव लिलामणि गौतमका अनुसार जिल्लाको सिस्ने गाउँपालिकामा हरिहर पौडेल अध्यक्ष, गणेश रेउले उपाध्यक्ष, देवीलाल गिरी सचिव, विष्णु देबकोटा र मान बहादुर खड्का उपसचिवमा चयन भएका छन्।

त्यसैगरी भूमे गाउँपालिकामाको अध्यक्षमा कमानसिंह डाङी, उपाध्यक्षमा ताराप्रसाद पुन मगर, सचिवमा दलबहादुर बिक, उपसचिवमा दिपा सुनार र सिजन कुमार नेपाली चयन भएका हुन। पुथा उत्तरगंगा गाउँपालिकामा मोहनभक्त बुढा मगर अध्यक्ष, साईधन बुढामगर उपाध्यक्ष, लक्ष्मण बुढा मगर सचिव पदमा चयन भएको एमाले रुकुमपूर्वले जनाएको छ।

बाँकेमा अधिकांश नेतृत्व सर्वसम्मत

नेपालगञ्ज उपमहानगरपालिकामा दत्तप्रसाद आचार्यको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको छ। जसको उपाध्यक्षमा हकिम हलवाई, सचिवमा मोहित शाह, उपसचिवमा दिग्विजय ढुङ्गाना र उषा थापालाई सर्वसम्मत रूपमा निर्वाचित भएका हुन। खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्र धिताल, उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहा चयन भएका छन्।

जानकी गाउँपालिकाको अध्यक्षमा विश्रामकुमार बर्मा, उपाध्यक्षमा रामनरेश मौर्य, सचिवमा राजितराम यादव, उपसचिवमा यज्ञश्वरी शाह र अशोक राना निर्वाचित भएका छन्।

राप्तीसोनारी गाउँपालिका कमिटीको प्रथम अधिवेशनले अध्यक्षमा मनोज केसी, उपाध्यक्षमा मदन वली, सचिवमा सुधा थारू, उपसचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेतलाई चयन गरेको एमाले नेता सूर्य ढकालले जानकारी दिए।

नेकपा एमाले डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील खान, उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लनप्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्मा निर्वाचित भएका छन्।

नरैनापुरमा अध्यक्षमा पञ्चराम यादव, उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादव चयन भएका छन्।

रुपन्देहीमा १४ पालिकामा नेतृत्व

बुटवल उपमहानगरपालिका

अध्यक्ष : किशन ज्ञवाली

तिलोत्तमा नगरपालिका

अध्यक्षमा : तामानाथ पाण्डे

उपाध्यक्ष :  नेत्र वन

सचिवमा : मिन प्रसाद पोखरेल

उपसचिव : गणेश उपाध्याय र संगीता गुरुङ

देवदह नगरपालिका

अध्यक्ष :  टिकाराम चापागाईं

उपाध्यक्ष : हिरा थापा

सैनामैना नगरपालिका

अध्यक्ष : चेतनारायण न्यौपाने

शुद्धोधन गाउँपालिका

अध्यक्ष : बिष्णु गौतम

लुम्बिनी सांस्कृतिक नगरपालिका

अध्यक्ष : निसार अहमद

गैडहवा गाउँपालिका

अध्यक्ष : भुवन राना

कञ्चन गाउँपालिका

दिनानाथ आचार्य

कोटहिमाई गाउँपालिका

अध्यक्ष : राजकुमार गौण

ओमसतिया :  ईन्द्रकुमार गुरुङ

रोहिणी गाउँपालिका

अध्यक्ष : सुनीलकुमार कौशल

मर्चवारी गाउँपालिका 

अध्यक्ष: केशरनाथ गिरी

सम्मरिमाई गाउँपालिका

अध्यक्ष : ईनुक मुसलमान

मायादेवी गाउँपालिका

अध्यक्ष : साधुशरण साहनी

सिद्धार्थनगर नगरपालिका : मतदान सकियो

सियारी गाउँपालिका : सहमतीको प्रयास

अर्घाखाँचीमा ६ पालिकामै सर्वसम्मत   

सन्धिखर्क नगरपालिका

अध्यक्ष : श्रीकृष्ण भुसाल

उपाध्यक्ष : शिव अधिकारी

सचिव : कुशल भुसाल

उपसचिव : रिता के.सी.

उपसचिव : लक्ष्मण पराजुली

भूमिकास्थान नगरपालिका

अध्यक्ष : मणिराम पौडेल

उपाध्यक्ष : चिरञ्जीवी खनाल

सचिव : टामलाल भट्टराई

उपसचिव : ज्ञानु सारू

उपसचिव : झुपलाल खनाल

शितगंगा नगरपालिका

अध्यक्ष : वसन्त श्रेष्ठ

उपाध्यक्ष : सञ्जय राना

सचिव : ऋषि घिमिरे

उपसचिव : शिवकला बि.क.

पाणिनी गाउँपालिका

अध्यक्ष : कमल प्रसाद घिमिरे

उपाध्यक्ष : जीवलाल घिमिरे

सचिव : गुनाखर अधिकारी

उपसचिव : सुनिता भट्टराई

उपसचिव : ओमप्रकाश पोख्रेल

छत्रदेव गाउँपालिका

अध्यक्ष : रामजी प्रसाद पाण्डे

उपाध्यक्ष : रूपा प्रधान

सचिव : तेज प्रसाद खनाल

उपसचिव : घनश्याम पाण्डे

उपसचिव : नर बहादुर आले

मालारानी गाउँपालिका

अध्यक्ष : शालिकराम आचार्य

उपाध्यक्ष : विष्णु प्रसाद मिश्र

सचिव : नारायण प्रसाद अर्याल

उपसचिव : दिपा पोख्रेल

उपसचिव : बिष्णु प्रसाद पौडेल

नवलपरासीको सात पालिकामा पनि नयाँ नेतृत्व

रामग्राम नगरपालिका

अध्यक्ष: हरिलाल यादव

उपाध्यक्ष: सन्तबहादुर चौधरी

सचिव: दीपककुमार गैरे

उपसचिव: सुरज यादव र मोति कुमारी श्रेष्ठ

सुनवल नगरपालिका

अध्यक्ष: दुर्गानारायण सुवेदी

उपाध्यक्ष: सुरज अर्याल

सचिव: मुरली गौतम

उपसचिव: धनमाया गौतम र पदमबहादुर क्षेत्री

बर्दघाट नगरपालिका

अध्यक्ष: रबिन्द्र विक्रम हमाल

उपाध्यक्ष: शिवदेव न्यौपाने

सचिव: कृष्णप्रसाद गौतम

उपसचिव: गौमाया पराजुली र देवीदत्त सापकोटा

पाल्हीनन्दन गाउँपालिका

अध्यक्ष: अशोक राजभर

उपाध्यक्ष: आशिस खातुन

सचिव: अनिल मिश्रा

उपसचिव: क्यामुद्धिन अन्सारी र रम्भा हरिजन

सरावल गाउँपालिका

अध्यक्ष: सुरेश यादव

उपाध्यक्ष: डि भट्टराई

सचिव: देवराज चौधरी

उपसचिव: अनुष्का चौधरी राय र अनिल कुमार यादव

प्रतापपुर गाउँपालिका

अध्यक्ष: अनुग्र कुमार यादव९मुन्ना०

उपाध्यक्ष: राजेश हरिजन

सचिव: रबिन्द्र सिंह ठकुरी

उपसचिव: नन्दकिशोर कोईरी,प्रेमकला पाण्डे पोखरेल

सुस्ता गाउँपालिका

अध्यक्ष: ज्ञानप्रसाद पाठक९सन्तोप०

उपाध्यक्ष: गणेशप्रसाद उपाध्याय

सचिव: कृष्ण पन्त

उपसचिव: दिलबहादुर महत्तो

गुल्मीमा नौ पालिकामा नेतृत्व चयन

मुसिकोट नगरपालिका

अध्यक्ष :  प्रकाश काफ्ले

चन्द्रकोट गाउँपालिका

अध्यक्ष : धाचानन्द शर्मा गौतम

कालीगण्डकी गाउँपालिका

अध्यक्ष : रामजी ढकाल

सत्यवती गाउँपालिका

अध्यक्ष भिमप्रसाद पाण्डे

रुरुक्षेत्र गाउँपालिका

अध्यक्ष : फर्सुराम ज्ञवाली

छत्रकोट गाउँपालिका अध्यक्ष

पिताम्बर अर्याल

गुल्मीदरबार गाउँपालिका

अध्यक्ष कृष्ण खनाल

इस्मा गाउँपालिका

अध्यक्षमा राजेन्द्र विक्रम कुँवर

मालिका गाउँपालिका

अध्यक्ष ओम कार्की

रेसुङ्गा नगरपालिका

अध्यक्ष हरि पोखरेल र पदम प्रसाद अर्यालविच चुनाव

धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकामा विवादले अधिवेशन लम्बियो

प्यूठानमा ७ पालिकामा सर्वसम्मत

नौबहिनी गाउँपालिका

अध्यक्ष: विष्णु केसी

उपाध्यक्ष: लाल बहादुर घर्ति

सचिव: दलराज पुन

उपसचिव: जनक बुढामगर

उपसचिव (समावेशी): रिता बुढा

झिमरुक गाउँपालिका

अध्यक्ष: इन्द्रमणि पोख्रेल

उपाध्यक्ष: पदम बहादुर खड्का

सचिव: ध्रुवराज खनाल

उपसचिव: लिला जिसी

उपसचिव (समावेशी): सरस्वती पोख्रेल

मल्लरानी गाउँपालिका

अध्यक्ष: सुनिल शाही ‘लेकाली’

उपाध्यक्ष: याम बहादुर केसी

सचिव: नोमराज पौडेल

उपसचिव: किरण सुनार

उपसचिव (समावेशी): सिता विक

माण्डवी गाउँपालिका

अध्यक्ष: याम बहादुर घिमिरे

स्वर्गद्वारी नगरपालिका

अध्यक्ष: रामप्रसाद श्रेष्ठ

सरुमारानी गाउँपालिका

अध्यक्ष: वसन्त जिसी

ऐरावती गाउँपालिका

अध्यक्ष: श्याम थापा

पाल्पाका १० पालिकामै नेतृत्व

तानसेन नगरपालिका

अध्यक्ष : गुराँस आत्रेय

उपाध्यक्ष : शशि श्रेष्ठ

सचिव : महेशलाल शाक्य

रामपुर नगरपालिका

अध्यक्ष : विष्णु रेग्मी

उपाध्यक्ष : तोयानाथ सारु

सचिव : कृतिनाथ श्रेष्ठ

तिनाउ गाउँपालिका

अध्यक्ष : प्रेम श्रेष्ठ

उपाध्यक्ष : रोमहादुर लम्तरी

सचिव यादव अर्यालसहित ७५ सदस्ययी गाउँ कमिटी

रम्भा गाउँ कमिटी

अध्यक्ष : योगेन्द्रप्रसाद गैरे

उपाध्यक्ष : उमानसिंह सारु

सचिव : विजय रानाभाट

रैनादेवि छहरा गाउँ कमिटी

अध्यक्ष : रामप्रसाद ज्ञवाली

उपाध्यक्ष : दानबहादुर थामी

सचिवमा मानबहादुर थामी  

रिब्दीकोट गाउँपालिका

अध्यक्ष : आशिष विश्वकर्मा

उपाध्यक्ष : भिम सारु

सचिव : दानबहादुर कुँवर

बगनासकाली गाउँ कमिटी

अध्यक्ष : हरि पाठक

उपाध्यक्ष : सरस्वती चिदि

सचिव : ओमप्रकाश गैरे

माथागढी गाउँपालिका

अध्यक्ष : तेज घर्तीमगर

सचिव : शेरबहादुर विक

सचिव शंकर दर्लामीसहितको ६७ सदस्यी गाउँ कमिटी

पूर्वखोला गाउँपालिका

अध्यक्ष : जीवन आचार्य

उपाध्यक्ष : मानबहादुर सारु

सचिव : तीर्थ सारुसहित ६१ सदस्यीय गाउँ कमिटी

निस्दी गाउँपालिका

अध्यक्ष : नरेश सुनारी

उपाध्यक्ष : किरण श्रेष्ठ

सचिव : मेख सुनारी

दाङका १० वटामै नेतृत्व चयन

तुलसीपुर उपमहानगरपालिका

अध्यक्ष : माधव वली

उपाध्यक्ष :लक्ष्मण चौधरी

सचिव : रुप बहादुर खत्री

उपसचिव: युवा करारा र छवि खरेल

घोराही उपमहानगरपालिका

अध्यक्ष :भुवन चौधरी (७९ सदस्यीय)

उपाध्यक्ष : तारा पुरी

सचिव : इन्द्र बुढाथोकी

उपसचिव : काशी खनाल र कुलबहादुर गोतामे

शान्तिजगर गाउँपालिका

अध्यक्ष :धनबहादुर केसी

उपाध्यक्ष: थम्मन कनौ

सचिव :टीकाराम रिजाल

उपसचिव : राकेश बुढाथोकी र शान्ति कँडेल

बबई गाउँपालिका

अध्यक्ष :जित बहादुर ओलि

उपाध्यक्ष :शारदा शाह

सचिव :धन बहादुर डाँगी

उपसचिव :टोपबहादुर चौधरी र सबि कुमारी खड्का

राप्ती गाउँपालिका

अध्यक्ष :मदन अधिकारी (४५ सदस्यीय)

उपाध्यक्ष :कमलापती चौधरीे

सचिव :भरतमणी न्यौपाने

उपसचिव :रामबहादुर सुनार र रामबहादुर केसी

गढवा गाउँपालिका

अध्यक्ष : बाबुराम अधिकारी(५३ सदस्यीय )

उपाध्यक्ष :मधा न्यौपाने

सचिव :शिवराज पन्थी

उपसचिव : केशरी गिरी र मानबहादुर वली

लमही नगरपालिका

अध्यक्ष :दण्डीराम चौधरी(७१ सदस्यिय)

उपाध्यक्ष :पुनम गिरी

सचिव :भानु जोशी

उपसचिव :अनिता शर्मा र सुर्दशनराज थापा

राजपुर गाउँपालिका

अध्यक्ष :हेमकुमार जिसी (४१ सदस्यीय )

उपाध्यक्ष :गोविन्द नेपाली

सचिव :मन्साराम यादव,

उपसचिव : सिमाली झाँक्री र लोकबहादुुर खड्का

बंगलाचुली गाउँपालिका

अध्यक्ष : पुष्पराज भण्डारी (४७ सदस्यीय)

उपाध्यक्ष :भीमबहादुर खत्री

सचिव :भोजराज पन्त

उपसचिव : धनबहादुर खड्का

दंगीशरण गाउँपालिका

अध्यक्ष :रेशम वली


प्रकाशित: Oct 27, 2021| 20:35 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।