शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्व प्रन्या गोपाल पराजुलीको सुझाव– प्रधानन्यायाधीश राणा इजलासबाट अलग हुनुपर्छ

पूर्व प्रन्या गोपाल पराजुलीको सुझाव– प्रधानन्यायाधीश राणा इजलासबाट अलग हुनुपर्छ

पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश जबराले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताएका छन्।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं– पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश जबराले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताएका छन्।

बुधवार न्यूज एजेन्सीसँग कुरा गर्दै पूर्वप्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन जरुरी रहेको बताएका हुन् । उनले अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा राजनीतिक पार्टीले बुझ्न आवश्यक रहेको बताए। उनले प्रधानन्यायाधीशको कुराहरु निष्पक्ष छ वा छैन भन्ने कुरा जाँच गरेर हेर्नुपर्ने बताए। पूर्वप्रधानन्यायाधीश लोकमान सिंह कार्कीलाई हटाएका कुराहरु कानुनसम्मत नभएको र ती न्यायाधीशहरुले कानुनसम्मत काम नगरेको बताउँदै उनले प्रधानन्यायाधीशले संविधान र कानुनमाथि ज्यादती गर्न नपाइने बताए।

प्रधानन्यायाधीशले पनि आफ्नो आचारसंहिता भित्र बस्नुपर्ने भन्दै पूर्व प्रधानन्यायाधीश पराजुलीले भने, ‘हुल र गुटले हुँदैन, विधिसम्मत चल्नुपर्छ, न्यायसम्मत चल्नुपर्छ, अहिले राजनीतिक पार्टीले बुझ्नुपर्ने के हो भने यो पात्रले गरिरहेको कुरा जायज हो कि होइन भन्ने कुरा हेर्नुपर्छ। कसैले म पीडित हुन्छु भनेर केपी अथवा गठबन्धन सरकारले भन्ने कुरा हो?’

पूर्व प्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य र मान्यता र नैतिकताका बारेमा सोच्नुपर्ने तर्क गरे। रावणको अहंकारका कारण रामायणको युद्ध भएको प्रसंग निकाल्दै उनले पदमा भएको व्यक्ति क्षमाशील हुनुपर्ने र सुझबुझपूर्ण ढंगले अघि बढ्नुपर्ने बताए। उनले प्रधानन्यायाधीशले गल्ती गर्नै नपाउने भन्दै यदि उसले गरेका गल्तीहरु वस्तुनिष्ट भए सबै राजनीतिक पार्टीले छलफल गरेर निकास दिनुपर्ने बताए।

पूर्व प्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीशले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताए।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले अनुसन्धान अवधिभर इजलासमा आउँदिन र आफूमाथि लागेका आरोपहरुको स्वतन्त्र छानबिन होस् भनेर बिदामा बस्नुपर्ने उनले बताए। उनले न्यायालय, पद्धति र अदालतको सेवा सु–सञ्चालन गर्नको लागि प्रधानन्यायाधीशले आफूमाथि लागेका आरोपहरु चिरफार नहुदासम्म इजलासमा बस्न नहुने बताए।

प्रकाशित: Oct 27, 2021| 13:50 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...