शुक्रबार, भदौ ५, २०८३

तनहुँका तीन पालिकामा एमाले नेतृत्व पाउँदा घिरिङमा विवाद

नेकपा (एमाले)ले तनहुँका तीन पालिका सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरेको छ। व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरिएको हो।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

तनहुँ- नेकपा (एमाले)ले तनहुँका तीन पालिका सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरेको छ। व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरिएको हो। 

मंगलबार राति व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी सर्वसम्मत चयन भए। लामो छलफलपछि अध्यक्षका आकांक्षी तुल्सीराम पाण्डे उपाध्यक्षमा बसेपछि व्यासमा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो। सचिवमा ज्ञानेन्द्र बसौला, उपसचिवमा मधु पण्डित र सीता पाण्डे चयन भएका छन्।

आँबुखैरेनी गाउँपालिकामा मिना अधिकारीको नेतृत्वमा ५३ सदस्यीय गाउँ कमिटी गठन भएको छ। उपाध्यक्षमा चन्द्रबहादुर थापा, सचिवमा बेलबहादुर गुरुङ, उपसचिवमा पूर्णबहादुर आले र जमालदिन मियाँ चयन भएका छन्।

बन्दीपुर गाउँ कमिटी अध्यक्षमा सुरेन्द्र थापा सर्वसम्मत भएका छन्। थापाको नेतृत्वमा ६७ सदस्यीय गाउँ कमिटी चयन गरिएको हो। उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा कुलेन्द्र गौतम, उपसचिवमा  रवि श्रेष्ठ र  अमिर गुरुङ चयन भएका छन्।

शुक्लागण्डकी नगरपालिका ध्यक्षमा मुक्ति तिम्लिसिना र सचिवामा रघुनाथ पौडेल सर्वसम्मत चयन भए। यी  दुवै यसअघि पनि सोही पदमा थिए। अन्य पदमा आकांक्षी धेरै हुँदा सहमति हुन सकेको छैन।

मंगलबार अधिवेशन सुरु भएको भानु नगरपालिका र भिमाद नगरपालिकामा नेतृत्व चयन हुन सकेको छैन। दुई नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ।

घिरिङ गाउँपालिकामा अधिवेशन सुरु भएर १५ गतेसम्मलाई स्थगित गरिएको छ। वडाबाट पालिका प्रतिनिधि छनोट लगायतका काम अधुरो रहेकाले अधिवेशन सुरु गरेर स्थगित गरिएको हो। 

ऋषिङ, देवघाट र म्याग्दे गाउँपालिकाको अधिवेशन सुरु हुन सकेको छैन। अब ऋषिङको ११, देवघाटको १४ र म्याग्देको १५ कात्तिकमा अधिवेशन हुने एमाले तनहुँले जनाएको छ।

प्रकाशित: Oct 27, 2021| 10:43 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...