शुक्रबार, भदौ ५, २०८३

ओखलढुंगाका पाँच तहमा सहमतिमै एमाले नेतृत्व

नेकपा (एमाले)को पालिका अधिवेशनमा ‍ओखलढुंगामा पाँच तहमा नेतृत्व चयन भएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

ओखलढुंगा- नेकपा (एमाले)को पालिका अधिवेशनमा ‍ओखलढुंगामा पाँच तहमा नेतृत्व चयन भएको छ। आठमध्ये तीन तहमा भने बन्द सत्र चलिरहेको एमालेले जनाएको छ। ओखलढुंगामा एक नगरपालिकासहित आठ स्थानीय तह छन्।

पाँच तहका कमिटी सर्वसम्मत चयन गरिएको एमालेका जिल्ला सचिव शंकर कट्वालले जनाकारी दिए। सदरमुकामसमेत रहेको सिद्धिरचण नगरपालिकामा अध्यक्ष मोहन केशी र सचिव कृष्ण कार्की चयन भएका छन्। चिशंखुगढीमा अध्यक्ष जीवन थापा र सचिव मानबहादुर बस्नेत, खिजीदेम्वामा अध्यक्ष कोपबहादुर सुनुवार र सचिव तिलक बहादुर सुनुवार चयन भएका छन्।

मानेभञ्ज्याङ्ग गाउँपालिकामा अध्यक्ष चित्रकुमार तामाङ र सचिव उमेश कार्की, चम्पादेवीमा अध्यक्ष खेम मिश्र र सचिवमा नरहरी खड्का निर्वाचित भए। 

मोलुङ, सुनकोसी र लिखुमा नेतृत्व चयन भइसकेको छैन। मोलुङमा दुई प्यानलले उम्मेदवारी दर्ता गरेपछि सहमतिका लागि स्थगित गरिएको छ भने सुनकोसी र लिखुमा बन्द सत्र चलिरहेको एमालेले जनाएको छ।

प्रकाशित: Oct 27, 2021| 10:35 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...