शुक्रबार, भदौ ५, २०८३

रसुवाका पाँचवटै गाउँपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

रसुवाका पाँचवटै गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न भएको छ। मंगलबार भएको अधिवेशनले जिल्लाका पाँचवटै गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

रसुवा- रसुवाका पाँचवटै गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न भएको छ। मंगलबार भएको अधिवेशनले जिल्लाका पाँचवटै गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ।

अधिवेशनले कालिका गाउँपालिका अध्यक्षमा टीका देवकोटा, उपाध्यक्षमा गणेश पौडेल, सचिवमा विक्रम लोप्चन तथा उपसचिवमा दावा लाक्पा तामाङ र हरिमाया अधिकारी पौडेललाई चयन गरेको छ। 

गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा दावामिङमर तामाङ, उपाध्यक्षमा कामीनुर्वु तामाङ, सचिवमा दावासिदार वाइवा, उपसचिवमा उर्केन तामाङ र प्रतिमा लामा चयन भएका छन्। 

उत्तरगया गाउँपालिका अध्यक्षमा टुकु सुवेदी, उपाध्यक्षमा मार्सिङ तामाङ, सचिवमा बासुदेव न्यौपाने, उपसचिवमा सुमन आचार्य र आयुषा गुरुङ चयन भएका छन्। 

आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्षमा फुर्पुसिङ्गी तामाङ, उपाध्यक्षमा ल्हाक्पा गोम्बो तामाङ, सचिव सितेम्बा तामाङ, उपसचिवमा पेम्बा छिरिङ तामाङ र बहादुर तामाङ चयन भएका छन्। 

नौकुण्ड गाउँपालिकामा अध्यक्षमा  हितबहादुर न्यौपाने, उपाध्यक्ष चन्द्र तामाङ, सचिव कार्बो थोक्रा, उपसचिव सिर्जना लामा र पेम्बा नेगी चयन भएका छन्। 

प्रकाशित: Oct 27, 2021| 09:15 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...