शुक्रबार, भदौ ५, २०८३

पोखरामा आज एमाले अधिवेशन, माछापुच्छ्रेमा स्थगित

दशौँ महाधिवेशन अन्तर्गत कास्कीका तीन पालिकामा अधिवेशन भएको छ। दुईवटामा स्थगित भएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

पोखरा- दशौँ महाधिवेशन अन्तर्गत कास्कीका तीन पालिकामा अधिवेशन भएको छ। दुईवटामा स्थगित भएको छ। अन्नपूर्ण गाउँपालिकामा विवेक देवकोटाको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन भएको छ। यहाँ ५ जनाले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका थिए।

पालिका उपाध्यक्ष सगुन गुरुङ, वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, नेताहरु गौरी सुवेदी, सोमनाथ पौडेल उम्मेदवार थिए। आन्तरिक रुपमा अन्य नेतालाई माथिल्ला तहमा समायोजन गर्ने सहमतिपछि नेतृत्व चयन भएको हो। समितिको उपाध्यक्षमा मिना गुरुङ, सचिव मदनप्रसाद पौडेल तथा उपसचिवमा दानबहादुर केसी र विराज सुवेदी चयन भएका छन्।

मादीमा बालकृष्ण गुरुङको अध्यक्षतामा कार्यसमिति चयन भएको छ। हरिबोल गौतम र पसबहादुर बास्तोलाले समेत अध्यक्षमा दावी गरेका थिए। उनीहरुलाई अन्य पदमा मिलाउने गरी सहमति जुटाइएको हो। मादीको उपाध्यक्षमा एकाजंग गुरुङ, सचिवमा सुवास सापकोटा, उपसचिवमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन भएका छन्।

रुपामा पनि पूरानै अध्यक्षलाई निरन्तरता दिइएको छ। सहबक्स मियाँ नयाँ कार्यसमितिको अध्यक्ष बनेका छन्। वडा नम्बर ५ का सदस्य दामोदर घिमिरेले पनि दावी गरेका थिए। समितिको उपाध्यक्षमा निलकण्ठ रेग्मी, सचिव टेकबहादुर गुरुङ तथा उपसचिव बलबहादुर श्रेष्ठ र सोम सुनारी चयन भएका छन्।

माछापुच्छ्रेमा स्थगित, पोखरामा आज

पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा अधिवेशन स्थगित भएको छ। माछापुच्छ्रेमा पदाधिकारीमा धेरैले आकांक्षा पेस गरेका छन्। सदस्य सर्वसम्मत भए पनि पदाधिकारीमा सहमति नजुट्दा स्थगित गरिएको छ।

अध्यक्षमा चार जनाले दावी गरेका छन्। विक्रम गुरुङ, पानबहादुर क्षेत्री, महेश्वर दवाडी र यदुराम अधिकारीले मनोनयन दर्ता गराएका हुन्। उपाध्यक्षमा सूर्य गुरुङ, कृष्णकुमारी पौडेल दवाडी, षडानन्द गौतम र केशव पोखरेल, सचिवमा दुर्गाबहादुर क्षेत्री, अनुप गुरुङ, सुनिल गौतम र बालकृष्ण अधिकारी तथा उपसचिवमा ऋषि गौतम, राधिका अधिकारी र बलराम अधिकारी उम्मेदवार बनेका छन्।

पोखरामा पनि आकांक्षी धेरै भएका कारण मंगलबार सहमति जुट्न सकेन। बुधबार बिहान १० बजेदेखि अधिवेशन प्रक्रिया सुरु हुँदै छ। पोखराको नेतृत्वका लागि हालका अध्यक्ष दीपक पौडेल, तेजनारायण अधिकारी, दिलिप पौडेल र संजीवबहादुर कोइरालाले दावी गरेका छन्। अन्य पदमा पनि धेरैको आकांक्षा छ। सबै आन्तरिक लविङमा लागेका छन्।  -न्युज कारखाना

प्रकाशित: Oct 27, 2021| 09:00 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...