आइतबार, जेठ १७, २०८३

एमाले पालिका अधिवेशनमा यस्तो छ इलामको नतिजा

इलाममा एमालेको सात पालिकामा नेतृत्व चयन भएको छ। बाँकी पालिकाहरूमा पनि सर्वसम्मत नेतृत्व चयको प्रयास भइरहेको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

इलाम– इलाममा एमालेको सात पालिकामा नेतृत्व चयन भएको छ। बाँकी पालिकाहरूमा पनि सर्वसम्मत नेतृत्व चयको प्रयास भइरहेको छ।

National life

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेसनअन्तर्गत मंगलबार देशभर पालिका अधिवेशन भएको थियो। जहाँ गएको कात्तिक ६ गते वडास्तरिय अधिवेशनपछि पालिकाको अधिवेशन भएको हो।

इलाम नगरपालिका

मंगलबार सम्पन्न पहिलो अधिवेशनबाट इलाम नगरपालिकाको अध्यक्षमा तिलक ठकुरी निर्वाचित भएका छन्। त्यस्तै, उपाध्यक्षमा दिपेन्द्र चापागाईं चयन भएका छन्।

सचिव पदमा ठाकुर श्रेष्ठ चयन भएका छन् भने उपसचिवमा ननरद लम्साल र चित्रमाया गुरुङ चुनिएका छन्।

Shivam cement

सूर्योदय नगरपालिका

बुधबार बिहान मात्र सम्पन्न भएको नगर अधिवेशनबाट अध्यक्षमा दुर्गादेवी भट्टराई निर्वाचिन भएकी छन्। उनी अहिले नगरालिकाकी उप्रमुखसमेत हुन्। 

सोही अधिवेशनबाट नगरको उपाध्यक्षमा बिमल(भोगेन्द्र) कार्की, सचिवमा पारस राई, उपसचिवमा शंकर गदाल र टंक काफ्ले निर्वाचित भएको चेतन खतिवडाले जानकारी दिएका छन्।

 देउमाई नगरपालिका

देउमाई नगर कमिटीको अध्यक्षमा भीमलाल खनाल चुनिएका छन् भने उपाध्यक्ष दाबा तामाङ रहने भएका छन्। त्यस्तै, सचिवमा नेत्र ढुंगेल र उपसचिवमा दुईजना गंगा भट्टराई र चिजुमाया राई चयन भए।

माई नगरपालिका

माइ नगरपालिकामा अहिले बिहान ५ बजेबाट मात्र मतदान सुरु भएको छ। अध्यक्षमा मुखराज आङ्देम्बे र खम्बासिंह लिम्बू भिड्दैछन्। त्यस्तै उपाध्यक्षमा नरेन्द्र अधिकारी र राधाकृष्ण अधिकारी छन्।

सन्दकपुर गाउँपालिका

सन्दकपुर गाउँपालिकाको अधिवेशन पनि सम्पन्न भएको छ। मंगलबार राति सम्पन्न अधिवेशनबाट गाउँपालिका प्रवक्तसमेत रहेका गिरिराज खनाल अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, कमिटीको उपाध्यक्षमा चन्द्र बहादुर राई, सचिवमा केवल राई, उपसचिवमा सिद्धार्थ राई र पुरन राई निर्वाचित भएका छन्।

माइजोगमाई गाउँपालिका

एमाले माइजोगमाई गाउँपालिका कमिटीको अध्यक्षमासर्वसहमतिबाट खगेन्द्र घिमिरी चयन भए भने उपाध्यक्षमा सेनाम शेर्पा चुनिएका छन्। त्यस्तै, सचिवमा भेषराज(राजिव) भट्टराई र उपसचिवमा धनबहादुर सुवेदी र अमर देवान छन्।

रोङ गाउँपालिका

रोङ नगर कमिटीको अध्यक्षमा खड्गा आले निर्वाचित भएका छन्। उपाध्यक्षमा सत्यम राई, सचिवमा उपेन्द्र न्यौपाने चुनिए भने सहसचिवमा सनण तामाङ र दुर्गा अधिकारी निर्वाचित भएका छन्।

चुलाचुली गाउँपालिका

चुलाचुली गाउँपालिकाको अध्यक्षमा दुर्गा लिम्बू चयन भएका छन्। गोविन्द कोइराला उपाध्यक्ष चुनिए भने उपसचिवद्वयमा जुनू लिम्बू र पदम रिजाल चुनिए।

यता फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकामा वडा अधिवेशन पनि भएको छैन। गएको हप्ता आएको अविरल वर्षाका कारण मैसम प्रतिकुल बन्दा वडा अघिवेशन हुन नसकेको हो। इलामका यी दुई वडा अधिक क्षति भएको छ।

त्यसैले अहिले यी गाउँपालिकामा वडा अधिवेशनको काम अघि बढाइँदैछ। फाकफोङथुममा कार्तिक १३ गते वडाको र त्यसको तीन दिपछि गाउँपालिका अधिवेशन गर्नेछ।

प्रकाशित: Oct 27, 2021| 08:26 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।