शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन गर्ने बार एसोसिएशनको चेतावनी

प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन गर्ने बार एसोसिएशनको चेतावनी

नेपाल बार एसोसिएशनले विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नगरे आन्दोलन गर्ने बारको चेतावनी छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं- नेपाल बार एसोसिएशनले विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नगरे आन्दोलन गर्ने बारको चेतावनी छ।

मंगलबार अबेरसम्म बसेको बैठकले केही दिनभित्रै प्रधानन्यायाधीशको राजीनामा नआए बेन्च बहिष्कार गर्ने, बहसमा नजाने र सर्वोच्च अदालतमा धर्नासहित आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको हो।

प्रधानन्यायाधीशले सरकार विस्तारमा भाग खोजेको भन्दै विवावित बनेका छन्। जबरा विवादित बनेपछि सर्वोच्च अदालतका न्यायाधीशहरू उनले तोकेको इजलासमा बसेका छैनन्।

न्यायाधीशहरू इजलासमा नगएपछि दुई दिनदेखि सर्वोच्च अदालतमा कुनै मुद्दाको सुनुवाइ हुन सकेको छैन। सर्वोच्चका न्यायाधीशहरूले बुधबार आगामी रणनीतिबारे थप छलफल गर्ने बताएका छन्।


प्रकाशित: Oct 27, 2021| 06:34 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...