शुक्रबार, भदौ ५, २०८३

कांग्रेस महाधिवेशन केही दिनपछि सार्न देउवाको निर्देशन

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको कार्यतालिका संशोधन गर्न निर्देशन दिएका छन्।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको कार्यतालिका संशोधन गर्न निर्देशन दिएका छन्। सभापति देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन्।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका सदस्यहरूबीचको छलफलमा आज सभापति देउवाले निर्वाचन समितिलाई मंसिरभित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको भन्दै कार्यतालिका संशोधनका लागि निर्देशन दिएका हुन्।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार तिहारपछि क्रियाशील विवाद कायम रहेका जिल्लाको समस्या समाधान गरेर अधिवेशन हुन बाँकी स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने र महाधिवेशनको मिति केही दिन पछि सार्ने योजनामा कांग्रेस रहेको छ।

नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी ९ देखि १२ मंसिरसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो।

प्रकाशित: Oct 26, 2021| 20:15 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...