बुटवल– १० पालिका रहेको कपिलवस्तुमा केही ठाउँमा नेकपा एमालेको नेतृत्व चयन भएको छ । नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्षमा जगत पौडेल निर्वाचित भएका छन्।
मंगलबार शिवराज नगरपालिको प्रथम नगर अधिवेशनबाट पौडेल सर्वसम्मत नगर कमिटी अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेले नेकपा विभाजनपछि नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।
यस्तै कपिलवस्तु नगरपालिकामा श्याम प्रजाप्रतिको नेतृत्वमा ५१ सदस्यीय नगर कमिटी निर्वाचित भएको छ। उपाध्यक्षमा ओमिश मुसलवान सचिवमा सन्तोष श्रीवास्तव, उपसचिवमा अर्जुन चौधरी, रुपैया खातुन सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष आजाज अहमद दर्जीले जानकारी दिए।
यस्तै विजयनगर गाउँपालिकामा थर्क बहादुर खन्गाहाको नेतृत्वमा ५१ सदस्यीय गाउँपालिका कमिटी चयन भएको छ। उपाध्यक्षमा रामऔतार यादव सचिवमा गोकर्ण सापकोटा, उपसचिवमा सुनिता कुमारी थारु, कल्ताफ हुसेन खाँ सर्वसम्मत चयन भएको एमाले नेता राम प्रकट कोरीले जानकारी दिए।