शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार छन्, तर माओवादीले सोचेको छैन: बिडारी

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार छन्, तर माओवादीले सोचेको छैन: बिडारी

नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन्।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन्।

तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाइ छ। उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताए। उनले भने, ‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ। न्यायालय बलियो बनाउनुपर्छ। यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ।’

रिपोर्टर्स क्लबको साक्षात्कारमा मंगलबार बोल्दै बिडारीले न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरुबीच द्वन्द्व चल्नु विडम्बनाको अवस्था भएको बताए। उनले भने, ‘प्रधानन्यायधीश भनेको न्यायापालिकाको नेता हो। न्यायलयभित्र यत्रो वितण्डा आउनु, पूर्वप्रधानन्यायाधीशहरुले जबराले न्यायालय हाँक्न सक्नुहुन्न भन्नु, बारले पनि राजीनामा माग्नु, सबै न्यायाधीशहरुले समस्त इजलास बहिष्कार हुनु, अनि न्यायाधीशहरुले प्रधानन्यायाधीशमा कार्यदक्षताको अभाव भयो भनेर भन्नु उहाँमाथि महाभियोग लगाउनसक्ने आधार र कारण बन्यो।’

बिडारीले आफूले प्रधानन्यायाधीशको राजीनामा नमाग्ने पनि उल्लेख गरे। बरु, महाभियोग लगाउने कुरा संवैधानिक हुने उनको तर्क छ। प्रधानन्यायाधीशसमेत विपक्षी बनाएर परेको संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा एक वर्षसम्म पेशी नतोक्नु, संवैधानिक अंग थर्रथर्र हुने परिस्थितिको सिर्जना राणाले गरेकाले महाभियोगको आधार रहेको बताए। तर यो संसद्को अधिकारको कुरा भएको उल्लेख गरे।

अहिले प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको विषयमा प्रतिनिधिसभाको विघटनको मुद्दाको हवाला दिनु गलत भएको पनि जिकिर गरे। उनले भने, ‘प्रतिनिधिसभा विघटनको मुद्दाको फैसलामा कसैको पनि विमति छैन। इजलासमा रहेका पाँच जनाको एकमत छ।’


प्रकाशित: Oct 26, 2021| 19:50 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...