सोमबार, जेठ १५, २०८०

मराठी सिरिज ‘समान्तर : भोलि हुने घटना थाहा पाउने

कोरोना भाइरसको कारण विश्वमा अधिकांश देशमा लकडाउन भए। सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पनि विश्वका अधिकांश देश लकडाउन गर्न बाध्य भए।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं- कोरोना भाइरसको कारण विश्वमा अधिकांश देशमा लकडाउन भए। सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पनि विश्वका अधिकांश देश लकडाउन गर्न बाध्य भए।

Everest Bank

लकडाउनका कारण घरमै बसिरहेकाले मनोरञ्जनको रूपमा ओटीटीलाई अंगाले। विश्वभरका कन्टेन्टलाई हेर्ने मौका मिल्यो। त्यसले दर्शकको टेस्ट मात्र परिवर्तन गरेन, नयाँ कथालाई हेर्ने मौका पनि दियो। फिल्मको कल्पनामा रमाइरहेका दर्शकले यथार्थतामा रमाउन थाले।

यही बेला मराठी सिरिज ‘समान्तर’ ले राम्रो चर्चा पायो। एमएक्स प्लेयरमा नि:शुल्क रूपमा आएको यो सिरिजलाई दर्शकले हेरेर तारिफ गरे। उक्त प्लेटफर्ममा आएको समान्तर र आश्रमले मात्र चर्चा पाएको छ। सानो बजेटमा निर्माण गरिएको सिरिजले समान्तर रूपमा जीवन चल्ने दुई व्यक्तिको कथालाई देखाएको थियो।

यस कन्सेप्टलाई दर्शकले रुचाए। एउटा व्यक्ति जो जीवनबाट निराश छ, उसले आफ्नो भविष्यलाई अरुले भूतकालमा बिताइसकेको थाहा पाएपछि आउने रोचक कथालाई यसको पहिलो सिजनमा देखाइएको छ। आफ्नो भविष्यलाई एक दिनअगावै देख्ने अवसर पाएको कुमार महाजनको जीवनमा सिरिज घुमेको छ। उनको जीवनलाई सुदर्शन चक्रपाणि चालिसे भन्ने क्यारेक्टरले बिताइसकेका हुन्छन्। चक्रपाणिसँग उनको भोगाइको डायरी लिएर जीवनलाई सुन्दर बनाउने तयारी गरिरहेका कुमारले भविष्य देख्दादेख्दै भोग्ने पीडालाई दोस्रो भागमा देखाइएको छ। उनलाई भोलि हुने घटना थाहा छ। अब उनले भविष्यलाई चक्रपाणिको भन्दा फरक बनाउन सक्छन् त ? भन्ने नै सिरिजको आकर्षण हो। यसलाई आइएम डीबीमा ८.५ रेटिङ मिलेको छ।

अम्बर हडापको लेखन तथा स्क्रीनप्ले रहेको सिरिजलाई समीर विडवाले निर्देशन गरेका छन्। यसमा कुमार महाजनको भूमिकामा स्वप्निल जोशी छन् भने चक्रपाणिको भूमिका नितिश भारद्वाजले गरेका छन्। यसमा स्वप्निल र नितिशसंगै तेजस्विनी पण्डित, साइ तम्हानकरको मुख्य भूमिका छ। दोस्रो सिरिजले पहिलेको तुलनामा चर्चा नपाए पनि यसलाई हेर्नेले 'राम्रो' भनिरहेका छन्। 

National life insurance
Metro Mart

पछिल्लो समय यसले पाइरहेको रिभ्युले यसलाई हेर्ने दर्शकको संख्या बढ्दो छ। विशेषत: यसको क्लाइमेक्सलाई दर्शकले रुचाएका छन्। सिरिजको एपिसोड बढ्दै गर्दा कसरी अन्त्य होला ? भन्ने जिज्ञासा दर्शकमा स्वाभाविक रूपमा बढिरहेको हुन्छ। निर्देशकले 'ओपेन इन्डिङ' राखेर सिरिजको आउँदो भागका लागि दर्शकलाई तयार रहन संकेत गरेका छन्।  -न्युज कारखाना 

प्रकाशित: Oct 26, 2021| 10:30. 00 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

निर्माण सकिएको पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’

चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायत विषय समेटिएका छन्। 

गुलजार भन्छन् – रहर मर्नु भनेको बाँच्न छोड्नु हो

मान्छे बाँचुन्जेलसम्म मनमा थुप्रै रहरहरु लिएर बाँचेको हुन्छ। कुनै पनि रहर सकिएको हुँदैन। रहरहरु मर्नु भनेको बाँच्न छोड्नु हो।