शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ: एमाले नेता बडाल

प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ: एमाले नेता बडाल

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारेका छन्।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारेका छन्।

‘महाभियोग लगाउने कि नलगाउने त्यो हाम्रो विषय होइन। गठबन्धन सरकारमा १६५ जना सांसदहरुको गणित छ,  उहाँहरुले के गर्नुहुन्छ त्यो उहाँहरुको कुरा हो। एमाले महाभियोगको विषयमा अघि बढ्न आवश्यक छैन। महाभियोग वा राजीनामा दिने यो हाम्रो चासोको विषय होइन,’ रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने।

उनले आजको अवस्थामा पुर्‍याउनको लागि कसले बाध्य बनायो यो मुख्य विषय भएको पनि टिप्पणी गरे। उनले हिजो तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउन हुँदैन भनेर आफूले सशक्त आवाज उठाएको पनि स्मरण गराए।

उनले संविधानलाई च्यातचुत गर्न र एमालेलाई सिध्याउन जेसुकै गर्ने काम यो बीचमा भएको भन्दै गुनासो पोखे। उनले भने, ‘अहिले जुन विषय उठिरहेको छ, पाँच जनाको इजलासले यति घण्टाभित्र फलानोलाई प्रधानमन्त्री बनाउन भनेर परमादेश जारी गर्ने काम भयो, म त भन्छु अहिले किन प्रधानन्यायाधीशलाई मात्रै पाँचै जनालाई कारबाही हुनुपर्छ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले महाभियोग लगाउने भनेर नभनेको पनि स्मरण गराए। उनले भने, ‘यो विषयमा पनि गठबन्धनको तीन थरीको कुरा आएको छ।’ हिजो एमाले नेतृत्वको सरकारले जनतामा जाने भन्दा प्रतिगमन हो भनिएको उल्ल्लेख गर्दै उनले मुलुकलाई अहिलेको गञ्जागोलको स्थितिमा ल्याउनको लागि विगत दुई वर्षदेखि षड्यन्त्र भएको पनि आरोप लगाए। उनले भने, ‘यो परिस्थितको सिर्जनाकार गठबन्धन हो।' उनले हिजो गरेको सेटिङको परिणाम अहिले छताछुल्ल भएको पनि टिप्पणी गरे। -न्युज कारखाना


प्रकाशित: Oct 26, 2021| 19:00 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...