शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • युवा नेता त्रिपाठीले गरे कास्की जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा

युवा नेता त्रिपाठीले गरे कास्की जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा

लामो समयको विद्यार्थी राजनीतिबाट सन्यास लिएका त्रिपाठीले अब पार्टीको भातृ संगठनमा नभई मुल पार्टीमै काम गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

पोखरा- नेकपा एमालेका युवा नेता विवेक त्रिपाठीले सो पार्टीको कास्की जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयको विद्यार्थी राजनीतिबाट सन्यास लिएका त्रिपाठीले अब पार्टीको भातृ संगठनमा नभई मुल पार्टीमै काम गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।

उनी एमालेको भातृ संगठन अनेरास्ववियुको महानगर कमिटी संयोजक हुँदै केन्द्रीय सदस्य र युवा सञ्‍जाल क्लबको केन्द्रीय संस्थापक अध्यक्ष पनि थिए। उनी ती सबै जिम्मेवारीबाट अलग भएर कास्की जिल्ला अध्यक्षको लागि तयारी गरिरहेका छन्। 

‘मैले एमाले पार्टीको सदस्यता लिएको १० वर्ष भयो,’ त्रिपाठीले भने, ‘एक हिसाबले पार्टीको तर्फबाट राजनीतिक जिम्मेवारी सम्हाल्न योग्य भएको छ।’ सोही योग्यताका कारण आफुले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको उनको प्रष्टोक्ति थियो। 

राजनीतिमा युवा सोच हावी हुनुपर्छ भन्‍ने मान्यताका साथ आफ्नो उम्मेदवारी हुने उनको भनाई छ। कास्कीका सबै युवाको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने उनले जनाए। २५ वर्षीय त्रिपाठी पोखरा महानगरपालिका २४ कास्कीकोटका बासिन्दा हुन्।

प्रकाशित: Oct 26, 2021| 18:06 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...