आइतबार, जेठ १७, २०८३

नेतृत्व सर्वसम्मत नभएपछि एमाले विराटनगरको अधिवेशन स्थगित

नेकपा (एमाले) विराटनगर महानगर कमिटीको अधिवेशन स्थगित भएको छ।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

विराटनगर– नेकपा (एमाले) विराटनगर महानगर कमिटीको अधिवेशन स्थगित भएको छ। महानगरको नेतृत्वमा सर्वसम्मत हुन नसकेपछि बुधबार बिहानसम्मका लागि अधिवेशन स्थगित भएको नेताहरुले बताएका छन्।

National life

महानगरको अध्यक्षमा वर्तमान अध्यक्ष सागर थापा र पर्शुराम बस्नेत, उपाध्यक्षमा शिल्पा कार्की, सचिवमा राधेश्याम कट्टेल, मीनकुमार आचार्य र रोहित कोइराला आकांक्षी देखिएका छन्। पार्टी नेताहरुले सर्वसम्मतका लागि प्रयास गरे पनि सहमति नजुटेपछि बुधबार बिहान १० बजे बन्द शत्र शुरु हुनेगरी अधिवेशन स्थगित गरिएको एक नेताले बताए।

वर्तमान अध्यक्ष थापा यसअघि २ पटक महानगरको नेतृत्व गरिसकेकाले अध्यक्षमा दावी छाड्नु पर्ने अर्का आकांक्षी बस्नेतको भनाइ छ। अध्यक्षका आकांक्षी थापा भने यसअघि पाटीले स्वतः जिम्मेवारी दिएकाले एक पटक अधिवेशनबाट महानगरको नेतृत्व गर्न आफूले चाहेको बताएका छन् । 

उपाध्यक्षमा हालसम्म एक जनाको मात्रै दावी रहँदै आएको छ। सचिवमा तीन जना आकांक्षी देखिएपछि सर्वसम्मत गराउन समस्या भएको बताइएको छ। एक नेताले भने,‘ सर्वसम्मतको प्रयास भइरहेको छ, सकभर निर्वाचन हुँदैन।’ तर, सचिवका तीनै जनाले आफ्नो दावी कायम रहेकाले निर्वाचनबाट टुङ्ग्याउनुपर्ने बताउँदै आएका छन्। सहसचिव लगायतका अन्य पदहरुमा समस्या नरहेको बताइएको छ। 

महानगरको अधिवेशनमा ८७३ जना प्रतिनिधि सहभागि भएका छन्। एमाले मोरङले विराटनगर महानगरपालिकाको अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक सहजीकरणका लागि केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिव विनोद ढकाल सहित नेताहरु खेम नेपाली, राजेश सुब्बा, रमेश पोखरेल, रामलाल साह, रामचन्द्र महतो र विमला घिमिरेलाई जिम्मेवारी दिएको छ।

Shivam cement

प्रकाशित: Oct 26, 2021| 17:21 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।