आइतबार, जेठ १७, २०८३

प्रदेश १ सरकार जे पनि हुन सक्छ : एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ मा प्रदेश सरकारका सम्बन्धमा जे पनि हुन सक्ने बताएका छन्।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

विराटनगर– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ मा प्रदेश सरकारका सम्बन्धमा जे पनि हुन सक्ने बताएका छन्। अध्यक्ष ओलीले प्रदेश सभा बैठक कात्तिक १५ गते सम्म त्यसै नसरेको बताए। उनले भने, ‘तपाईंहरुलाई थाहा होला त्यसै प्रदेशसभा सरेको छैन।’ 

National life

विराटनगरमा प्रेस चौतारी मोरङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सर्वोच्च अदालतमा भएको तमासाका विषयमा एमाले तटस्थ बस्ने पनि बताए। ‘हामी हेर्दैैछौं, पहिलेदेखि नै सेटिङको चर्चा थियो, के सेटिङ हो कस्तो सेटिङ हो हामी हेरिरहेका छौं,’ उनले भने।

अध्यक्ष ओलीले संसद्ले पनि कुनै काम गर्न नसकेको बताए। ‘हामी सरकारमा हुँदा एकजना उभियो संसदमा भने व्यवधान खडा भएको हुनाले संसद् स्थगित हुन्थ्यो,’ उनले भने, ‘अहिले नेकपा एमाले जस्तो देशको सबभन्दा ठूलो पार्टी र प्रमुख प्रतिपक्षले विरोध जनाउँदा जस्केलाबाट हामफालेर, झ्यालबाट हामफालेर, करिडोरबाट छिरेर, पछाडिको ढोकाबाट छिरेर, झ्यालबाट छिरेर मन्त्री आउने र कार्यक्रम सञ्चालन भयो भन्ने तमासा छ।’

उनले सत्ता गठबन्धनको काम सिस्टममाथि प्रहार गर्ने मात्रै भएको आरोप लगाए। वर्तमान सरकारले कुनै काम गर्न नसक्ने उनको भनाइ छ।

प्रकाशित: Oct 26, 2021| 11:06 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।