शुक्रबार, भदौ ५, २०८३

मोरङ : नेकपा (एस) बलियो रहेका पालिकामा रोकियो एमाले अधिवेशन

पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

विराटनगर- पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ। एमालेले बाढीपहिरो प्रभावितबाहेकका सबै पालिकामा मंगलबार अधिवेशन हुने बताए  पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन रोकिएको हो।

उर्लाबारी, लेटाङ, सुनवर्षी नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा मंगलबार अधिवेशन हुने छैन। लेटाङ र उर्लाबारीमा नेकपा एकीकृत समाजवादीको पकड छ। अन्य पालिकामासमेत एकीकृत समाजवादीसामु एमाले कमजोर छ।

एमाले कमजोर रहेका पालिकामा पार्टी प्रवेश गराएर मात्र अधिवेशन गर्ने तयारीमा एमाले मोरङको छ। एमाले मोरङका अध्यक्ष ऋसिकेश पोख्रेलले  तयारी नसकिएकोले अधिवेशन केही समय पछाडि सारिएको दाबी गरे।

उर्लाबारी र लेटाङमा  १२ कात्तिकका लागि अधिवेशन तय भएको छ। अन्य पालिकामा मिति तय भइसकेको छैन। मोरङमा मंगलबार १२ पालिकामा मात्रै एमालेको अधिवेशन हुँदैछ। अधिवेशनमा हुने पालिकामा विराटनगर, र‌ंगेली,रतुवामाई, कानेपोखरी, पथरी शनिश्चरे, मिक्लाजुङ, बेलबारी, सुन्दरहरैचा, केराबारी, ग्रामथान र बुढीगंगा छन्।

प्रकाशित: Oct 26, 2021| 08:55 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...