बुधबार, चैत ११, २०८२

सिरिया युद्धमा नरोएका नेपाली आँखा अर्जेन्टिनाको हारमा रसाए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रुसमा जारी विश्वकपमा हालसम्म दुई वटा खेल मात्र सबैभन्दा रोमञ्चक बनेका छन्, जसमा अनपेक्षित पहिलो खेल हो, पोर्चुगल र स्पेनबीचको। खेल रमाइलो हुने केहीको अपेक्षा थियो । 
तर, खेलप्रेमी तथा विश्लेषकहरूले गरेका अनुमानहरू फिक्का भए। खेल विश्लेषकहरूको अनुमान थियो, स्पेनले पोर्चुगललाई झिनो अन्तरमा पराजित गर्छ। त्यो भने हुन सकेन । 

यो खेलमा पनि गोलको वर्षा हुँदै खेल ३-३ को बराबरीमा रोकियो । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। सबैको मुखारविन्दुमा झुण्डियो रोनाल्डो र यो खेल । यसै खेलबाट रोनाल्डोले नेपाली समर्थक पनि बटुले । खेल विश्लेषक, खेल प्रेमी तथा दर्शक खुशी भए । तर, त्यसको ठीकविपरित भयो शनिबार फ्रान्स र अर्जेन्टिनाबीचको पहिलो नकआउट चरणको खेल । 

किनकि, स्पेन र पोर्चुगलबीचको खेल अवधिभर रमाइलो भयो र अन्तमा सबै दर्शक र समर्थक खुशी भए। तर, फ्रान्स र अर्जेन्टिनाबीचको खेल अवधिभर रमाइलो भए पनि खेलको नतिजाले दर्शक तथा समर्थकका आँखा ओभाना रहेनन्। फेसबुकका भित्ताहरू मेस्सीलाई दिएका सान्त्वनाका शब्दले भरिए, रंगिए । 'सन् २०२२ मा कतारमा हुने विश्वकपमा भेटौंला' भन्दै मेस्सीका लागि सान्त्वनास्वरूप सुन्दर गजल र कविता कोरिए । यतिसम्मकि सिरियाको द्वन्द्वमा सार्वजनिक भएका तस्बिरहरूबाट नेपाली मन कम भावुक देखियो, आँखा रसाएको कमै देखियो । जबकि, नेपालीको स्वभाव नै हो भावुकता । कसैलार्इ दुखेको सहन सक्दैनन् र चाँडो प्रतिक्रिया दिन्छन्। जब अर्जेन्टिनाले हार बेहोरेको क्षण सिरिया द्वन्द्वमा भएको नरसंहारले कमै छोएको मनलार्इ मात दिने गरी भावुक बने र एकसाथ आँखाबाट आँशु छल्कियो।





यतिसम्मकि ५-७ वर्षका बालबालिकादेखि ६०-७० वर्षका वृद्धवृद्धासम्म 'मेस्सी-मेस्सी' भन्दै रोए/कराए। खेल सकिएको केही मिनटमै ५-७ वर्षको बालबालिका मेस्सीको हारले रोएको भिडियोहरू सार्वजनिक भए। 

झट्ट हेर्दा शायद उनीहरू त्यति फुटबल पनि नबुझ्ने हुन् कि जस्तो देखिन्छन्। तर, पनि मेस्सी-मेस्सी भन्दै रोइरकेका छन् । जसरी फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा अर्जेन्टिनाले हार बेहोर्दा नेपालीका आँखा रसाए, नेपाली रोए/कराए । शायदै सिरियामा भएको घटनामा नेपालीका आँखा रसाएका थिएनन् होला । त्यो घटनाले नेपालीको मन त्यति छुन सकेन, जति अर्जेन्टिनाले फ्रान्ससँग हार बेहोर्दै विश्वकपबाट बाहिरिँदा नेपालीको मन छोयो।

फ्रान्स विजयको उत्सव मनाउँदा मेस्सी भने निरास हुँदै मैदानबाट बाहिरिए। यो खेल शायद विश्वमै सबैभन्दा बढी दर्शकले हेरेको जारी विश्वकपको पहिलो खेल पनि हो। अब बाँकी खेलमा दर्शकको संख्या बढ्ला तर यति बहुप्रतिक्षित र रोमाञ्चक खेल भने शायदै नहोला। यो खेल बहुप्रतिक्षित र रोमाञ्चक हुनुको एउटै कारण मान्न सकिन्छ, अर्जेन्टिनी फुटबलका कप्तान लियोनेल मेस्सी ।देशका लागि मात्र नभई मेस्सी स्वयंका लागि पनि यो विश्वकपले ठूलो महत्व राख्थ्यो।
 
उनले क्लबस्तरीय खेलमा व्यक्तिगत र क्लबका लागि थुप्रै ट्रफी र मेडल जिते। देशका लागि उनले हालसम्म कुनै पनि ठूलो प्रतियोगिता जिताउन सकेका थिएनन्। यदि उनले यो विश्वकप जिताउन सके विश्वका महान खेलाडीको सूचीमा पर्थे। विडम्बना, त्यो भने हुन सकेन। उनी सम्मिलित अर्जेन्टिना शनिबार फ्रान्ससँगको खेलमा ४-३ गोल अन्तरले पराजित हुँदै मेस्सीको सपना चकनाचुर भए। अर्जेन्टिनालार्इ २०१८ को विश्वकप उपाधि दिलाउँदै राष्ट्रिय खेल जीवनबाट संन्यास लिने उनको धोको अपूरै रह्यो। 

फ्रान्सका १९ वर्षीय स्ट्राइकर बाप्पे भने यसै खेलबाट पेलेसँग तुलना हुन थाले। किनकि, पेलेले सन् १९५८ को विश्वकपमा शुरुवाती तीन खेलमा २ गोल र एक असिस्ट गरेको कीर्तिमानसँग बराबरी गरे। बाप्पेले तीन खेल खेल्दै तीन गोल गरे र एक असिस्ट पनि गर्दै जारी विश्वकपमा राइजिङ स्टारको छवी बनाए। 

यो खेल दुवै टोलीका लागि उति नै महत्वपूर्ण खेल थियो। त्यसैले पनि होला दुवै टोलीले आक्रामक खेल्दा त्यति नै फउल गरे । जारी विश्वकपका खेलहरूमध्ये यो सबैभन्दा बढी फउल भएको खेल हो। त्यसक्रममा रेफ्रीले आठ वटा पहेंलो कार्डको प्रयोग गरे । तीमध्ये पाँच पहेंलो कार्ड अर्जेन्टिनी खेलाडीविरुद्ध प्रयोग गरिएको थियो भने तीन वटा कार्ड फ्रान्सका खेलाडीलार्इ । 

तस्बिर र भिडियो : सामाजिक सञ्जाल
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।