बुधबार, वैशाख १०, २०८२

बैतडी सदरमुकाममा १० दिनदेखि खानेपानीको हाहाकार

गत साता परेको अविरल वर्षाका कारण खसेको पहिरोले खानेपानीको मुहानमा क्षति पुर्‍याएपछि सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको हो।
 |  सोमबार, कात्तिक ८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

vianetvianet

बैतडी- बैतडी सदरमुकाममा गएको १० दिनदेखि खानेपानीको हाहाकार भएको छ। खानेपानी अभाव भएपछि जिल्ला सदरमुकामबासी नजिकका धारा तथा कुवामा पानी खोज्न भौँतारिन थालेका छन्। 

triton college

साहिलेकका व्यापारी चेतराज पाण्डेयले जसको नजिक जतापर्छ त्यतै जान गरेको बताए। 'नजिक पानीका कुनै पनि धारा कुवा छैनन्। गाडीमा पनि कम्तीमा एक घण्टा लाग्ने ठाउँमा पानी पाइन्छ। तै पनि पर्याप्त पानी भने कतै पाइँदैन। सवारी साधन भएकाहरू साधनमा ल्याउँछन्। नभएकाहरू पिठ्युँमा बोक्दै ल्याउँछन्,’उनले भने। 

गत साता परेको अविरल वर्षाका कारण खसेको पहिरोले खानेपानीको मुहानमा क्षति पुर्‍याएपछि सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको हो। 

सदरमुकामबाट झण्डै ६ किलोमिटर टाढा रहेको माडखोला मुहानमा पहिरो खसेपछि सदरमुकाममा आउने खानेपानी अवरुद्ध भएको हो। मुहानसहित पाइप लाइनमा समेत पहिरोले क्षति पुर्‍याएको बैतडी नगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष कर्णबहादुर चन्दले बताए। उनले भने, ‘पहिरोले खानेपानीको संरचनामा व्यापक क्षति पुर्‍याएकाले खानेपानी सुचारु गर्न समस्या भएको छ। हामीले खानेपानी सञ्चालनका लागि पहल गरिरहेका छौं।’

सदरमुकाम क्षेत्रमा खानेपानी अवरुद्ध भएपछि सबैभन्दा बढी मारमा होटेल व्यवसायी परेका छन्। पानी नहुँदा होटेल व्यवसाय सञ्चालनमा निकै समस्या भएको व्यवसायी अम्बादत्त भट्टले बताए। ‘होटेलमा आउने ग्राहकलाई पानी दिन सकिएको छैन। यसले गर्दा व्यवसाय सञ्चालनमै समस्या भएको छ,’ उनले भने।

National life insurance

सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजार बढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्। खानेपानीको अभाव हुँदा सदरमुकामको शाहीलेक, गढी र गोठलापानीका बासिन्दा मारमा परेका हुन्। पानी अभावले शौचालयसमेत प्रयोग गर्न मुस्किल भएको नागरिक समाज बैतडीका संयोजक गणेश ठकुराठीले बताए। 

हाहाकार भएपछि नेपाली सेनाले खानेपानी वितरण गरेको छ। हनुमान ध्वज गुल्मले गुल्ममा रहेको पानी गढीका स्थानीय तथा होटेल व्यवसायीलाई वितरण गरेको गुल्मपति खिलबहादुर रानाले बताए। गढीमा रहेका सरकारी कार्यालयलाई पनि खानेपानी वितरण गरिएको उनले बताए। सेनाले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, जिल्ला कारागार, जिल्ला प्रशासनलगायत स्थानीय र व्यवसायीलाई पानी सहयोग गरिरहेको हो। -सीपी लोहिया/न्युज कारखाना


प्रकाशित: Oct 25, 2021| 21:40 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।