बिहीबार, माघ १५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • फिदिममा भएको बस दुर्घटनाका १६ घाइतेलाई उद्धार गरी धरान ल्याइयो

फिदिममा भएको बस दुर्घटनाका १६ घाइतेलाई उद्धार गरी धरान ल्याइयो

पाँचथरको फिदिममा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका एक दर्जन बढीलाई साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, कात्तिक ८, २०७८

विराटनगर- पाँचथरको फिदिममा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका एक दर्जन बढीलाई साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उनीहरुलाई उद्धार गरी सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ। 

National life

एम्बुलेन्स नपाएका तथा गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले साँझ उद्धार गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए। नेपाली सेनाको एम–१७ हेलिकोप्टरले १६ विरामी र तिनका तीन जना कुरुवा समेतलाई फिदिमबाट धरान पुर्‍याएको हो। 

घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिँदै।

घाइतेहरुको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको हो। दुर्घटनामा घाइते भएका २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्‍न अस्पतालमा पुर्‍याइएको प्रजिअ ढकालले बताए। फिदिममा विभिन्‍न स्वास्थ्य संस्थामा १७ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको अवस्था सामान्य रहेको बताईएको छ। 

दुर्घटनामा चार जनाको मृत्यु भएको छ। मोरङ लेटाङ नगरपालिका–६ का सात वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान र उनकै सात महिने छोरा निश्चल देवानको मृत्यु भएको हो। एक जना मृतक महिलाको पहिचान खुल्न सकेको छैन। 

Laxmi sunrise bank
kumari

फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि हिँडेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डे सडकबाट करीब २० मिटर तल झरेको थियो।

प्रकाशित: Oct 25, 2021| 19:38 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।