सोमबार, मंसिर १८, २०८०

घाँस बिक्री हुन छाडेपछि संकटमा घसियारन समुदाय

घाँस खोज्नकै लागि उनी कहिले नेपालगञ्जका विभिन्न टोलटोलमा भौतारिने गरेकी छन्। अरूको घरआँगन र सार्वजनिक स्थलबाट काटेर ल्याएको घाँस बिक्री गरेको रकमबाटै उनको दैनिकी गुजारा चल्ने गरेको छ।
 |  सोमबार, कात्तिक ८, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

नेपालगञ्‍ज- नेपालगञ्‍ज उप–महानगरपालिका–८ कि रुपरानी केवटको दैनिकी घाँस खोज्दै बित्ने गरेको छ। घाँस खोज्नकै लागि उनी कहिले नेपालगञ्जका विभिन्न टोलटोलमा भौतारिने गरेकी छन्। अरूको घरआँगन र सार्वजनिक स्थलबाट काटेर ल्याएको घाँस बिक्री गरेको रकमबाटै उनको दैनिकी गुजारा चल्ने गरेको छ। 

sagarmatha cement

के जाडो, के घाम, के पानी, के शीत बाह्रै महिना घाँस काटेर बिक्री गर्नु उनको दैनिकी नै बनेको छ। ‘१२ जनाको परिवार छ। छोराले मोटरसाइकल धुने काम गर्छ। छोरीले अरुको घरमा गएर घरेलु काम गर्छे। घाँस पाइन छोड्यो। दिनभरी खोजेर जम्मा गरेको घाँस पचासदेखि सय रुपैयाँमा पनि बिक्दैन। घाँस काटेर गुजारा चल्न पनि गाह्रो हुन थाल्यो’, मलिन अनुहार लगाउँदै उनले दुखेसो पाेखिन्। 

उनकै छिमेकी छोटाना केवटको दैनिकी पनि रुपरानीको दैनिकीभन्दा खासै फरक छैन। घाँस बेचेर जीवन चलाउन उनलाई आजभोलि कठिन हुन थालेको छ। उनी कति वर्षकी भइन् र कहिलेदेखि घाँस काट्न सुरु गरिन् भन्ने कुरा स्वयं उनलाई सम्झनासम्म छैन। ‘पहिले पहिले बढी जसो घाँस टाँगा चालकले घोडाका लागि भनेर किन्थे, तर अहिले त्यतिखेरको जस्तो टाँगा चल्दैनन्। घाँस हुने ठाउँमा महल ठडिएका छन्। भनेको जस्तो घाँस पनि पाइन छोड्यो, आजभोलि गुजारा चलाउ नै मुस्किल छ’,  उनले निराश हुँदै भनिन्।

पहिला घाँसको लागि मानिसहरूको तँछाडमछाड हुने गरेको स्मरण गर्दै उनले भनिन्, ‘ पहिला नेपालगञ्जमा सवारीको साधन घोडाले तान्ने टाँगा मात्र थियो। अहिले टाँगा विस्तापित भएर टाँगाको ठाँउ अटो, ई-रिक्सा र नगरबसले लियो। टाँगा तान्ने घोडा पाल्नेहरूले अटो र ई-रिक्सा चलाउन थालेपछि घाँसको खपत कम भयो। खपत कम हुँदा घाँसको मूल्यपनि पाइन छाडेको छ।’

घसियारा समुदायका महिला र किशोरीहरू मात्र नभई ससाना बालिकाहरू पनि विद्यालय जानुको साटो घाँस खोज्न जानु उनीहरूको बाध्यता हो। यसै समुदायकी नन्दनी केवट ९ वर्षकी मात्रै भइन्। कलम समाउने बेला उनका कलिला हातहरू घाँस खोज्न र खोजेको घाँस मिलाइरहेका देखिन्छन्। उनलाई कलम र कापीबारे थाहै छैन। दिनभरिमा ५० रुपैंयासम्मको घाँस बेचेको दिन उनको सबैभन्दा खुसीको दिन हुन्छ। नन्दनी मात्र होइन उनी जस्ता थुप्रै बालिकाहरूको दैनिकी प्राय:जसाे यस्तै हुन्छ।

घाँसको बिक्री घट्न थालेपछि याे समुदायका महिला अहिले अरूका घरमा भाडा माझ्ने, दुनाटपरी बनाउने र सरसफाइको काम गर्न थालेको सोममती केवटले बताइन्। उनले भनिन, ‘घाँस काटेर मात्रै जीवन निर्वाह गर्ने हाम्रो समुदायका लागि पछिल्लो समय कठिन बन्दै गएको छ। पुर्खौदेखि जानेको सिप यही हो। पढाइलेखाइ छैन, अब त भोकै मनु पर्ने अवस्था आउन लागेपछि दुना टपरी बनाउने र सरसफाइको काम गर्न थालेका छौँ।’

रुपारानी, छोटना, नन्दनी र सोममती त प्रतिनिधि पात्र मात्र हुन्। उनीजस्ता नेपालगञ्ज उपमहानगरपालिका- ८ र १३ मा घसियारन समुदाय बस्दै आएका छन्। उनीहरूको पुर्खाैली पेसा भनेको घाँस काटेर बेच्ने हो। तर, जीवन निर्वाहको पहिलो र मुख्य स्राेत घाँस भए पनि मानिसहरू यन्त्रमा भरपर्दा पशु पाल्नसमेत छाडेको कारण घाँसको खपत र माग घट्दै जाँदा समस्या सुरु भएको छ । उनीहरू आफूहरूको जीवनयापनको लागि वैकल्पिक रोजगारीको लागि स्थानीय सरकारले व्यवस्थापन गर्न पर्ने माग राख्छन्।

उसो त स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि कुनै सुविधा नपाएको गुनासो उनीहरूको छ। नेपालगञ्ज–८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ताले घसियारन समुदायको लागि, सार्वजनिक शौचालय र स्नान घर बनाइसकेको जानकारी दिँदै अब छिट्टै सञ्चालनमा ल्याइने तयारी वडाले गरेको बताए। वडा अध्यक्ष गुप्ताले घाँसमण्डी रहेको आधा जमिनमा उनीहरूका लागि सांस्कृतिक कार्य विवाह मण्डप, पूजा गर्ने सामूहिक सभाहल बनाउने लगायतका योजनाअघि सारेको जानकारी दिए।

नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगरले घसियारनहरूका लागि नगरले जनचेतनामुलक कार्यक्रम गरि उनीहरूको पुर्ख्यौली पेसा संरक्षण गर्दै सिपमुलक तालिमको व्यवस्था गर्ने, आगामी वर्षहरूबाट सो समुदायका बालबालिकाको उच्च शिक्षाका लागि केही न केही विकल्पअघि सार्ने तयारी भएको बताइन्।

नेपालगञ्जको वडा नम्बर ८ मा २६ र वडा नम्बर १३ मा ३९ परिवार गरी करिब ६५ परिवार घसियारन समुदायको बसोबास छ। यो परिवारका पुरुष दैनिक ज्यालादारीमा काम गर्ने गर्दछन्। यो समुदाय विपन्न तथा लोपोन्मुख समुदायमा पर्दछ। सम्बन्धित वडा र पालिकाले यो समुदायका लागि उत्पादनमूलक र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्दा यो समुदाय झनै ओझेलमा परेको छ। -रुद्र सुवेदी / न्युज कारखाना 

प्रकाशित: Oct 25, 2021| 21:00 सोमबार, कात्तिक ८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।