सोमबार, भदौ २९, २०८३

सुकेटार विमानस्थलमा उडान कटौती

यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो। निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारको उडान नभएपछि टिकट गरेको करिब ७० जना यात्रु अलपत्र परेको ताप्लेजुङ वायुसेवा निगमको कार्यालयले जनाएको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

ताप्लेजुङ- नेपाल वायु सेवा निगमले काठमाडौं-ताप्लेजुङको उडान कटौती गरेको छ। जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो।

निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटार स्टेसन इन्चार्ज लोकन्द्र लिम्बूले बताए। उनले भने, 'अब साताको एक दिन बुधबार मात्र उडान हुने निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएको छ।'

यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो। निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारको उडान नभएपछि टिकट गरेको करिब ७० जना यात्रु अलपत्र परेको ताप्लेजुङ वायुसेवा निगमको कार्यालयले जनाएको छ। जिल्लास्थित स्टेसन इन्चार्ज लिम्बूले भने, 'पहिलेको उडान सेड्युल (तालिका)अनुसार यात्रुलाई टिकट बिक्री गरियो, केन्द्रले उडान कटौती गरेसँगै जहाज नआएपछि यात्रु अलपत्र परेका हुन्।'

कतिपय जरुरी यात्रा गर्नुपर्ने यात्रुले टिकट फिर्ता गरेका र केहीले आउँदो उडान पर्खने भएको पनि उनले जानकारी दिए। यता, यात्रुको चाप भइरहने जिल्लाको उडान कटौती गर्नाले धेरै यात्रु हवाई सुविधाबाट बञ्चित भएका छन्। ताप्लेजुङ पूर्वको पर्यटकीय जिल्ला भएकाले पनि अधिक यात्रु हुने गरेका छन्।

काठमाडौं-ताप्लेजुङ मात्र नभई ताप्लेजुङ-विराटनगरमा समेत उडान संचालन गर्नुपर्ने माग भइरहेका बेला उडान कटौती गर्नु यात्रुलाई हवाई सेवाबाट बञ्चित गर्ने कार्य भएको जिल्लावासीले बताएका छन्। निगमको भाडा दर भने काठमाडौं-ताप्लेजुङलाई प्रतिव्यक्ति सात हजार ३७० रुपैयाँ रहेको छ। सुकेटारमा नेपाल एयरलाइन्सबाहेक सीता एयरलाइन्सले हप्तामा दुई दिन काठमाडौं-ताप्लेजुङ र कुनै बेला ताप्लेजुङ-भद्रपुर उडान गर्ने गरेको छ। -दिलकुमार लिम्बू/न्युज कारखाना


प्रकाशित: Oct 25, 2021| 19:08 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।