बुधबार, चैत ११, २०८२

आयोजक रुस र च्याम्पियन स्पेनबीच कस्तो भिडन्त होला ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रुसमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको तेस्रो खेलमा आइतबार आयोजक रुस एक पटकको विश्व च्याम्पियन स्पेनको सामना गर्दैछ। खेल मस्कोस्थित लुझनिकी स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे हुँदैछ।
 
समूह चरणको दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको रुस स्पेनको चुनौती पन्छाउदै नकआउट चरण पुग्ने योजनामा हुनेछ । यतीमात्र नभई रुसलाई घरेलु समर्थक र मैदानको साथ पनि हुनेछ। 

१९३० देखि ९० सम्म सोभियत संघको नामबाट खेलेको रुसले त्यसपछिका तीन विश्वकपमा समूह चरण पार गर्न सकेन । तर, यसपटक भने समूह चरण पार गर्न सफल भएको रुस नकआउट चरणमा आफ्नो पहिलो खेल स्पेनसँग खेल्दै छ । समूह चरण पार गर्दै रसिया स्पेनलाई पनि स्तब्ध पार्दै क्वार्टरफाइनल पुग्ने दाउमा हुनेछ। 

आयोजक रसिया समूह ‘ए’ को उपविजेता टिम हो । समूह चरणमा रुसले आफ्नो पहिलो खेल एशियाली महारथी साउदी अरबियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको थियो । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको रुसले जितको हौसला बटुल्दै दोस्रो खेलमा मोहमद सलाहा सम्मिलित इजिप्टलाई ३-१ ले पराजित गर्‍यो । तर, अघिल्ला दुई खेलमा उच्च प्रदर्शन गरेको रुस समूह चरणको अन्तिम खेलमा १० खेलाडीमा समेटिएपछि उरुग्वेसँगको खेलमा ३-० ले पराजित हुन पुगेको थियो।

स्पेन समूह ‘बी’ को विजेता टोली हो । समूहको पहिलो खेल पोर्चुगलसँग ३-३ को बराबरी खेल्दै विश्वकप यात्रा शुरु गरेबको थियो । दोस्रो खेलमा इरानसँग १-० को झिनो अन्तरले जित निकालेको स्पेन, समूह चरणको अन्तिम खेलमा मोरोक्कोसँग २-२ को बराबरी खेलेको थियो।

स्पेन र रसिया अहिलेसम्म ६ पटक आमनेसमाने भएका छन् । जसमध्ये स्पेनले चार खेलमा जित हात पार्दै दुई खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक यी दुई टिमले २०१७ को मैत्रीपूर्ण खेलमा ३-३ गोलको बराबरी खेलेको थियो । २-० ले पछि परेको अवस्थामा रसियाले खेलमा फर्कदै स्पेनलाई बराबरीमा रोक्न सफल भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।