काठमाडौं- प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दल मौन बसेका छन्।
प्रमुख प्रतिपक्षी एमालेले यसबारे पार्टीले धारणा बनाइनसकेको बताएको छ भने सत्तारुढ नेकपा एकीकृत समाजवादीले नोटिसमा लिएको बताएका छ। सत्ता नेतृत्व कांग्रेसले भने यसबारे पार्टीले धारणा नराख्ने बताइसकेको छ।
एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानन्यायाधीश प्रकरणमा पार्टीको धारणा बनिनसकेको भन्दै धारणा बनाएर सार्वजनिक गर्ने बताए।
नेकपा एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले ‘प्रधानन्यायाधीश प्रकरण नोटिसमा लिइएको र अध्ययन भइरहेको’ बताए। ‘यसबारे पार्टीमा छलफल गरेका छैनौं, तर विषयबस्तु नोटिसमा लिएका छौं। अध्ययन गर्दैछौं,’ खतिवडाले भने।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमै भागवण्डा लिएपछि उनीमाथि राजीनामा चर्को दबाब छ। जबराले आज सोमबारका लागि सर्वोच्च अदालतको फुलकोर्ट बोलाएका छन्। तर, सर्वोच्चका १४ न्यायाधीशले बहिस्कारको निर्णय लिएका छन्।
- न्युज कारखाना