शुक्रबार, भदौ ५, २०८३

जनमत पार्टीद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक

जनमतले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत कात्तिक ८ गते सोमबार जिल्लास्तरीय बैठक राख्ने, जिल्लामा आन्दोलन समिति बनाउने, जिल्ला कार्यकारिणी समितिबाट हरेक पालिकालाई आन्दोलनका लागि तयार गर्न अनुगमन अधिकारी तोक्ने र हरेक जिल्लाको सदरमुकाममा सिटी जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

जनकपुरधाम-  डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना नेता कार्यकर्तालाई रिहाइ गर्नुपर्ने माग गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ। गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहा माथि जनमत पार्टीका कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि प्रहरीले जनमतका १७ जना नेता कार्यकर्तालाई पक्राउ गरि मुद्दा दर्ता गरेको छ।

जनमतका कार्यकर्ताले प्रमुख कुशवाहालाई कालोमोसो र हिलो दलेर अर्धनग्न बनाई जनकपुरधाम नगर परिक्रमा गराएका थिए। जनमतले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत कात्तिक ८ गते सोमबार जिल्लास्तरीय बैठक राख्ने, जिल्लामा आन्दोलन समिति बनाउने, जिल्ला कार्यकारिणी समितिबाट हरेक पालिकालाई आन्दोलनका लागि तयार गर्न अनुगमन अधिकारी तोक्ने र हरेक जिल्लाको सदरमुकाममा सिटी जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ।

त्यस्तै, मंगलबार गाउँपालिकास्तरीय बैठक राख्ने, पालिका स्तरीय आन्दोलन समिति बनाउने, पालिकामा बाइक रैली गर्दै नारा माइकिंग गराउने, बुधबार हरेक वडामा आन्दोलन समिति बनाउने, वडामा कोणसभा गर्ने र मशाल जुलुस निकाल्ने, बिहीबार वडामा युवा दस्ता प्रशिक्षण दिने, आरपार आन्दोलन गर्न तयारी गर्ने, शुक्रबार जिल्ला सदरमुकाममा मशाल जुलुस निकाल्नेलगायतका कार्यक्रमहरु तय गरेको हो।

जनमतले कात्तिक १३ गते शनिबार अधिवेशनका कार्यक्रमहरू सम्पन्न गर्ने, कार्तिक १४ गते आइतबार केन्द्रीय कार्यकारिणी समिति र जिल्ला कार्यकारिणी समितिको बैठकले आन्दोलन समीक्षा गरी आन्दोलनको थप कार्यक्रम ल्याउने, कार्तिक १५ गते सोमबार गाउँपालिकाको ठूलो बजार र हटियाहरूमा कोणसभा गरेर आन्दोलनका मागहरू जनता समक्ष अवगत गराउने र कार्तिक १६ गते मंगलबार वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरू गरेर माग जनता समक्ष अवगत गराउने, सबै जनता आन्दोलनमा आउने गरी सर्वपक्षीय जनआन्दोलनको तयारी गर्ने कार्यक्रम निर्धारण गरेको पार्टी अध्यक्ष डा.सिके राउतले जनाएका छन्।

घटनापश्चात पक्राउ परेका जनमतका १७ जना नेता कार्यकर्तामाथि सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत धनुषामा अपराधी प्रवेश तथा अपराधिक उपद्रव शीर्षकमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

मुद्दा चलाइएकाहरु सिरहा, सर्लाही र महोत्तरीका कार्यकर्ताहरु रहेका छन्। जनमत पार्टीका अध्यक्ष राउतले सो घटनालाई जनकारबाही भएको र यसमा जनताहरुको सहभागिता रहेका बताएका थिए। तर पक्राउ परेकाहरु धनुषाका मात्र नभई सिरहा र सर्लाहीका समेत रहेका छन्। मुद्दा चलाइएकाहरुमध्ये सिरहाका ७ जना, धनुषाका ६ जना, महोत्तरीका ३ जना र सर्लाहीका एकजना कार्यकर्ता रहेका छन्।

प्रकाशित: Oct 24, 2021| 18:45 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...