शुक्रबार, भदौ ५, २०८३

बाढीपीडितको व्यवस्थापनमा ध्यान दिन संसदीय समितिको निर्देशन

संसदीय समितिले बाढीपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं– संसदीय समितिले बाढीपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरवारमा बसेको बैठकले बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो।

बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोज कार्यलाई प्रभावकारी रुपमा संचालन गरी पीडितलाई उचित राहतको व्यवस्था गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देश गरिएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन्।

समितिले वर्षाका कारण अवरुद्ध सडक तथा पुलहरु तत्काल संचालनमा ल्याउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको छ। सभापति खड्काले मनाङ, बझाङ र बाजुरा जिल्ला बाढिपहिरोका कारण ठप्प रहेको उल्लेख गर्दै तत्काल संचालनमा ल्याउन पनि सरकारलाई निर्देशन दिइएको बताइन्। 

समितिले पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजनाको कार्य प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै सम्पन्न हुने लक्ष्य तोकी कामलाई तीब्र ढंगले अघि बढाउन सरकारलाई निर्देश गरेको छ। १४ वर्ष बितिसक्दा पनि सो आयोजनाको भौतिक प्रगति ५८ प्रतिशत मात्रै भएकाले त्यसलाई सक्ने लक्ष्य तत्काल तोकी काम छिटो अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको पनि समितिले जनाएको छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवसहित मन्त्रालयका पदाधिकारीहरुले बाढिपहिरोबाट उत्पन्न सडक, पुलहरुको अवस्था र त्यसको व्यवस्थापनका लागि भइरहेका कामबारे समितिलाई जानकारी गराएकी थिइन्।

प्रकाशित: Oct 24, 2021| 18:05 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...