शुक्रबार, भदौ ५, २०८३

प्रधानमन्त्री कर्णाली प्रदेश नपुगेकोमा सांसद महतको आपत्ति

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाएका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं– सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाएका छन्।

हुम्लाका सांसद महतले आफूले आग्रह गर्दा पनि प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर पनि नजिकैको कर्णाली प्रदेश नपुगेकोमा आक्रोश समेत व्यक्त गरे। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै उनले कर्णाली प्रदेशमा बाढी पहिरोका कारण ठूलो अन्नबाली नष्ट हुँदा स्थलगत अवलोकनका लागि नजाने प्रधानमन्त्री सुदूरपश्चिम प्रदेश भने आफ्नो निर्वाचन क्षेत्र भएर गएको आरोप लगाए। सांसद महतले कर्णाली प्रदेशका पनि मान्छे हुन् भन्ने कुराको हेक्का राख्न प्रधानमन्त्री देउवालाई चेतावनीसमेत दिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले बाढीपहिरोबाट अवरुद्ध सडक तत्काल सुचारु गराउन सरकारसँग माग गरे। उनले मनाङ, बाजुरा र बझाङ जिल्लाको यातायात ठप्प भएकाले त्यसलाई तत्काल सूचारु गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराए।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले ८–१० दिनभित्र बाढिपहिरोले अवरुद्ध सबै सडकहरु सूचारु गराउने प्रतिवद्धता जनाइन्। उनले अवरुद्ध सडक सुचारु गराउने काममा तीव्रता दिन पनि मातहतका सबै निकायलाई सचेत गराइन्। मन्त्री यादवले जनशक्ति र स्रोत, साधनको अभावमा सरकारले अवरुद्ध सडक खुलाउनका लागि सोचे जस्तो गरेर काम गर्न नसकेको यथार्थ बुझिदिन समिति समक्ष आग्रह गरिन्।

प्रकाशित: Oct 24, 2021| 17:10 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...