आइतबार, जेठ १७, २०८३

यस्तो छ कांग्रेसले प्रदेश १ सभा बैठक रोक्न माग गर्नुको कारण

पूर्वनिर्धारित कार्यक्रम अनुसार आइतबार प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत माग्ने कार्यक्रम थियो।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

विराटनगर– पूर्वनिर्धारित कार्यक्रम अनुसार आइतबार प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत माग्ने कार्यक्रम थियो। 

National life

प्रदेशसभा बैठक साढे १२ बजेका लागि बोलाइएको थियो। बैठक शुरु हुनु केही समयअघि प्रदेश सभामा नेपाली कांग्रेसले आइतबारको बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दर्ता गरायो। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को भ्रमणमा आएको र पार्टीका नेता तथा प्रदेशसभा सदस्यहरु भ्रमणमा सहभागी हुनुपर्ने कारण देखाइयो। 

नेपाली कांग्रेसले देउवाको भ्रमणका कारण भने पनि बैठक स्थगित गर्न माग गर्नुको मुख्य कारण भने प्रदेश सरकारको नेतृत्वका विषयमा स्पष्ट नभएको र सहमति कायम गर्नका लागि समय आवश्यक भएकाले बैठक रोक्न माग गरिएको संसदीय दलका नेता राजीव कोइरालाले बताए। उनले भने, ‘बागमतीमा एउटा निर्णय र प्रदेश १ मा अर्को निर्णय भएको हो भने पनि सोही अनुसारको निर्णय त आउनुपर्यो नि।’ उनले पार्टीबाट पनि स्पष्ट निर्देशन नआएको बताए। प्रष्ट कुरा नआएका कारण बैठक रोक्न माग गरिएको उनले बताए। प्रदेश १ मा सरकारको नेतृत्व आलोपालो हुनुपर्ने उनले बताए। 

नेकपा एमालेपछिको प्रदेशसभामा दोश्रो ठूलो दल नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने दावी गर्दै आएको छ। कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले आफूहरुको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउँदै आएका छन्। परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता डा. नारायण खड्काले पनि शनिबार विराटनगर आएर कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका थिए।

केन्द्रीय नेतृत्वले प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए। सोही सहमतिअनुसार एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताउँदै आएको छ। कांग्रेस संसदीय दलका नेता कोइराला संस्थापन इतर समूहका भएकाले पनि प्रधानमन्त्री देउवा उनलाई मुख्यमन्त्री बनाउन अनिच्छुक देखिएको एक कांग्रेस नेताले बताए। 

Shivam cement

कांग्रेसले निवेदन दर्ता दर्ता गरेको केही समयपछि सत्तारुढ नेकपा एमालेले पनि प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै निवेदन दर्ता गरायो। एमालेले आफ्नो गाउँ–नगर अधिवेशन, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको कारण देखाएर कात्तिक १४ गतेसम्म प्रदेशसभा बैठक स्थगनको माग गर्दै निवेदन दिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए। 

यसैबीच, प्रदेशसभा बैठक कात्तिक १५ गते बस्ने गरी स्थगित गरिएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सूचना निकाल्दै आगामी बैठक कात्तिक १५ गते दिउँसो साढे १२ बजे बस्नेगरी स्थगित गरिएको बताएका छन् ।

प्रकाशित: Oct 24, 2021| 14:41 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।