काठमाडौं- पूर्वसभासद हिराबहादुर केसी एमालेमै फर्किएका छन्। एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी)मा गएका उनी फेरि एमालेमै फर्किएका हुन्।
आइतबार विज्ञप्ति निकालेर आफू एमालेमै रहेको उनले जानकारी दिएका छन्।
एमाले विभाजनको पक्षमा कहिल्यै नरहेको भन्दै उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘म नेपाली जनताको प्रिय पार्टी विभाजनको पक्षमा कहिल्यै थिइँन, छैन र संलग्न हुन सक्दिनँ।’