शुक्रबार, भदौ ५, २०८३

प्रदेश १ : प्रदेशसभा बैठक १४ कात्तिकसम्म स्थगित गर्न एमालेको माग

सत्तारुढ दल एमालेले प्रदेश १ सभाको बैठक कार्तिक १४ गतेसम्म रोक्न माग गरेको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

विराटनगर- सत्तारुढ दल एमालेले प्रदेश १ सभाको बैठक कार्तिक १४ गतेसम्म रोक्न माग गरेको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची छ।

कांग्रेसले प्रदेश सभा सचिवालयमा बैठक रोक्न लिखित माग गरेको थियो। सोही अनुसार आजका लागि बोलाइएको बैठक रोक्दै कार्तिक १५ गते बैठक आह्वान गर्न माग गरेको छ।

'९ गते एमालेको पालिका अधिवेशन, १० र ११ गते स्थायी कमिटी बैठक, १२ र १३ गते केन्द्रीय कमिटी बैठक तथा १४ गते बाटोको म्याद राति १५ गते प्रदेश सभा बैठक सञ्चालन गर्न उपयुक्त हुने व्यहोरा अनुरोध छ', एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रदेशसभा बैठक आइतबार बिहान साढे १२ बजेका लागि बोलाइएको छ।


प्रकाशित: Oct 24, 2021| 12:34 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...