आइतबार, जेठ १७, २०८३

कांग्रेसद्वारा प्रदेशसभा बैठक रोक्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ सभाको आइतबारको बैठक रोक्न माग गरेको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

विराटनगर- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ सभाको आइतबारको बैठक रोक्न माग गरेको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची छ।

National life

पार्टीभित्र छलफल गर्नुपर्ने र पार्टीका सभापति शेरबहादुर देउवा प्रदेश–१ का बाढी प्रभावित क्षेत्रको भ्रमणमा आएका कारण बैठक रोक्न माग गरिएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए। 

कतिपय सांसद सभापतिको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले पनि बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयसमक्ष लिखित माग गरिएको कांग्रेसले जनाएको छ। 

श्रोतका अनुसार कांग्रेस सांसदहरूले फ्लोरक्रस गर्ने संभावना देखिएपछि कांग्रेसले बैठक रोक्न माग गरेको हो। प्रदेशसभा बैठक साढे १२ बजेका लागि बोलाइएको छ।

प्रकाशित: Oct 24, 2021| 12:08 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।