बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्चिममा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ

सुदूरपश्चिममा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ

सुदूरपश्चिम प्रदेश सरकारले बेमौसमी बाढीपहिरोबाट प्रदेशमा ज्यान गुमाएका परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ दिने भएको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले बेमौसमी बाढीपहिरोबाट प्रदेशमा ज्यान गुमाएका परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ दिने भएको छ। 

National life

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले राहत स्वरूप एक लाख रुपैयाँ र किरिया खर्चबापत तत्काल प्रतिपरिवार २० हजार रुपैयाँ दिने निर्णय भएको बताएकी छन्।

बेमौसमी वर्षाका कारण पूर्णरूपमा क्षति भएका घरपरिवारलाई तत्काल ५० हजार रुपैयाँ र घाइतेलाई निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री जोशीले बताइन्। 

राहत तथा उद्धारमासमेत प्रदेश सरकार लागि परेको बताउँदै मन्त्री जोशीले शनिबार मात्रै नेपाली सेनाको हेलिकप्टरमार्फत डोटी र बझाङमा खाद्यान्न, टेन्टलगायतका सामाग्री पुगाएको बताइन्। उनले आजबाट प्रदेशका अन्य जिल्लामा समेत राहत सामग्री पठाइने बताइन्। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी सुदूरपश्चिममा हालसम्म ३५ जनाले ज्यान गुमाएका छन्। सो अवधिमा २३ जना बेपत्ता छन् भने १७ जना घाइते भएका छन्।

Shivam cement

प्रकाशित: Oct 24, 2021| 09:21 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।