बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाचथरमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो, चार जना अझै बेपत्ता

पाचथरमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो, चार जना अझै बेपत्ता

पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार बाढी र पहिरोमा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको संख्या ३० पुगेको हो।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

पाँचथर- पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार बाढी र पहिरोमा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको संख्या ३० पुगेको हो।

१-३ कात्तिकसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिरोको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहमा सो संख्यामा स्थानीयवासीको ज्यान गएको हो। बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिरोले पुरिएर वेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव आज फेला परेको प्रहरीले जनाएको छ। बाढी र पहिरोमा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ। जसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन्। 

पाँचथरमा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी र पहिरोमा परी बेपत्ता छन्। बेपत्ता हुनेमा दुई जना स्वास्थ्यकर्मीसमेत छन्। इलामको माङसेबुङ गाउँपालिकामा कार्यररत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए। तर पहिरो झरेपछि भाग्ने क्रममा वेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिए। 

बाढी र पहिरोमा परी वेपत्ताको खोजी कार्य तीब्र पार्न तथा क्षतिको विवरण संकलन गर्न जिल्ला विपत ब्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ। सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण संकलन थालिएको समितिले जनाएको छ। 

- न्युज कारखाना

प्रकाशित: Oct 23, 2021| 19:47 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।