बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बझाङमा बढे बर्थिङ सेन्टर, घरमै सुत्केरी गराउने चलन घट्दै

बझाङमा बढे बर्थिङ सेन्टर, घरमै सुत्केरी गराउने चलन घट्दै

बझाङ जिल्लामा पालिकाका वडालाई लक्षित गरेर चार वर्षमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

बझाङ- बझाङ जिल्लामा पालिकाका वडालाई लक्षित गरेर चार वर्षमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन्।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसंख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन्।

थलारा गाउँपालिका र बुङ्गल नगरपालिकामा छ-छ वटा, सुर्मा, छविसपाथीभेरा, मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा तीन-तीन वटा, साइपाल र खप्तडछान्ना गाउँपालिकामा पाँच-पाँच वटा, तलकोट र दुर्गाथली गाउँपालिकामा सात-सात वटा र वित्थडचिर गाउँपालिकामा आठ वटा गरी ११ वटा स्थानीय तहले जिल्लाभर ५६ वटा बर्थिङ सेन्टर निर्माण गरेका हुन्। ती सेन्टरबाट सेवा प्रवाह भइरहेको छ।

केदारस्युँ गाउँपालिकामा स्थानीय तह बन्नुअगावै बर्थिङ सेन्टर सञ्चालनमा आइसकेको गाउँपालिका उपाध्यक्ष निशा धामीले बताइन्।

गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि घरमा सुत्केरी गराउनेको संख्या घटेको छ। गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि सहज भएको छविसपाथिभेराकी सरिता धामीले बताइन्।

‘बर्थिङ सेन्टर स्थापना हुनुअघि तीन घण्टा हिँडेर लेकगाउँ स्वास्थ्यचौकी पुग्नुपथ्र्यो। अहिले २० मिनेटमै सामुदायिक स्वास्थ्य एकाइमा पुगिन्छ,’ उनले भनिन्।

आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा सुरक्षित अनुभव भएको धामीको भनाइ छ।

बर्थिङ सेन्टरको अभावमा सुत्केरी व्यथाबाट छट्पटाइरहेका बझाङका महिलालाई अन्यत्र जानुपर्ने बाध्यताका कारण ज्यानसमेत गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको वित्थडचिर गाउँपालिकाका प्रवक्ता हर्क धामीले बताए।

‘आफ्नै गाउँमा नयाँ बर्थिङ सेन्टर स्थापना भएपछि यहाँका महिलाले नयाँ जीवन पाएका छन्। बर्थिङ सेन्टरमा प्रतिमहिना २५ देखि ३० महिला नियमित चेकजाँच तथा सुत्केरी गराउन आउने गरेका छन्,’ उनले भने।

प्रकाशित: Aug 05, 2021| 09:35 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।