सुर्खेत- भालुको आक्रमणबाट जुम्लामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तातोपानी गाउँपालिका-५ लाम्रा ५५ वर्षीया रुद्दा डाँगी छिन्। उनी गाढापारी सामुदायिक वनको चौकीदार हुन्।
बनमा चौकीदार गर्न गएको बेला भालुले आक्रमण गरेको जुम्लाका डीएसपी दानबहादुर थापाले बताए । ‘बन हेर्न गएको बेला भालुले आक्रमण गरेछ,’ डीएसपी थापाले भने, ‘घाइते अवस्थामा उद्धार गरी अस्पताल लैजाँदालैजाँदै बाटोमै मृत्यु भयो।’
उनलाई शनिबार दिउँसो भालुले आक्रमण गरेको थापाले बताए। पछिल्लो समय जुम्लामा भालुको आक्रमण बढ्दो छ। यो वर्षमात्रै भालुको आक्रमणबाट जुम्लामा दुई जनाको मृत्यु भइसकेको छ।