बुधबार, जेठ २०, २०८३

धनगढीबाट सुदूर पहाडका जिल्लामा नेपाल एयरलाइन्सले उडान भर्दै

धनगढीबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल वायुसेवा निगमले आइतबारदेखि उडान भर्ने भएको छ। विमानस्थलले उडानका लागि तालिका समेत सार्वजनिक भएको जनाएको छ।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

धनगढी- धनगढीबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल वायुसेवा निगमले आइतबारदेखि उडान भर्ने भएको छ। विमानस्थलले उडानका लागि तालिका समेत सार्वजनिक भएको जनाएको छ।

National life

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भोलि पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने बताए। नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी रहेको विमानस्थलका प्रमुख भट्टले बताए। 

प्रमुख भट्टले धनगढीदेखि डोटी दुई हजार ६ सय १५ र उताबाट धनगढी आउनका लागि दुई हजार ५ सय १५ भाडादर कायम भएको भट्टले बताए। त्यस्तै, धनगढीदेखि बझाङको तीन  हजार ९ सय ९५ र उताबाट धनगढी आउदा तीन हजार ८ सय ९५ भाडादर कायम भएको उनले बताए। 

बेमौसमी वर्षातसंगै आएको बाढीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा बन्द भएकाले संस्कृति, पर्यटन तथा नागरि उड्यन मन्त्री प्रेम आलेको ठाडो आदेशमा वायुसेवा निगमले उडान सुरु गर्न लागेको बताइएको छ। 

अहिले सुदूरपश्चिमका पहाडी जिल्लामा धनगढीबाट समिट एयरले मात्रै उडान भर्दै आएको थियो।

Shivam cement

प्रकाशित: Oct 23, 2021| 18:04 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।