बिहीबार, भदौ ४, २०८३

भरुवा बन्दुक पड्किएर बालकको मृत्यु

मुगुमा भरुवा बन्दुक पड्किएर १० वर्षीय वालकको मृत्यु भएको छ। खत्याड गाउँपालिका-१० डुवाना बस्‍ने अम्‍मर दिन रावलका १० वर्षीय छोरा विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको हो।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

मुगु- मुगुमा भरुवा बन्दुक पड्किएर १० वर्षीय वालकको मृत्यु भएको छ। खत्याड गाउँपालिका-१० डुवाना बस्‍ने अम्‍मर दिन रावलका १० वर्षीय छोरा विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको हो।

सोही ठाउँ बस्ने ५२ वर्षीय परे रावलको घरमा राखेको भरुवा बन्दुक विकाससहित तीन जना बच्चाहरूले खेलाउने क्रममा पड्किँदा विकासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी सुकाढीकबाट खटिएको प्रहरीले परे रावललाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। घटना बारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 23, 2021| 16:47 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।