मंगलबार, असार ३०, २०८३

उरुग्वे क्‍वार्टरफाइनलमा फ्रान्ससँग भिड्‍ने पक्‍का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रुसमा जारी विश्‍वकमा आइतबारको दोस्रो खेलमा पोर्चुगललार्इ पराजित गर्दै उरुग्‍वे क्‍वाटरफाइनलमा प्रवेश गरेको छ। 

नेपाली समयअनुसार आइतबार राति ११:४५ बजेबाट शुरु भएको खेलमा उरुग्‍वेले पोर्चुगललार्इ २-१ गोलले पराजित गरेको हो।

खेलको ७ औं मिनेटमा गोल गर्दै  पोर्चुगलविरुद्ध उरुग्‍वेले एक गोलको अग्रता लिएको थियो।पहिलो चरणमा समुह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको उरुग्‍वेका लागि इडिन्सन काभानीले पहिलो गोल गरेका हुन्।स्वराजले दिएको पासको सहि सदुपयोग गर्दै काभानी गरेको हेडले जाली चुमेको थियो। 

पहिलो हाफमा कुनै गोल गर्न नसकेपनि खेलको ५५ औं मिनेटमा पोर्चुगलका लागि जर्सी नम्बर तीनका खेलाडी पेपेले गरेको गोलले पोर्चुगल उरुग्‍वे र पोर्चुगलबीचको खेलमा १-१ को बराबरीमा ल्‍याएको थिय

खेलको ६२ औं मिनेटमा उरुग्‍वेका लागि इडिन्सन काभानीले दोस्रो गोल गरेका हुन्।जुन जितका लागि निर्णायक बन्‍यो।

यो जितसँगं क्‍वाटरफाइनलमा प्रवेश गरेको उरुग्वेले अर्जेन्टिनालार्इ पराजित गरेको फ्रान्‍ससँग खेल्ने निश्‍चित भएको छ। 

उरुग्वेले पहिलो चरणको खेलमा समूह विजेता बन्‍ने क्रममा शतप्रतिशत जित निकालेको थियो।

यद्यपि युरो २०१६ च्याम्पियन पोर्चुगलको टिम गेम निकै सुन्दर मानिएपनि प्रक्‍वार्टरफाइनल पार गर्न सकेन।
 
उरुग्वेले समूह चरणका खेलमा रुसलाई ३-० तथा साउदी अरेबिया र इजिप्टलाई १-० ले हराएको थियो। 

त्यस्तै पोर्चुगलले स्पेनसँग ३-३ को बराबरी खेलेको थियो। पोर्चुगलले मोरक्कोलाई १-० तथा जितेको थियो भने इरानसँग १-१ को बराबरी खेलेको थियो। 

रुस विश्वकपको समूह चरणमा शतप्रतिशत जित निकाल्ने टोली क्रोएसिया र बेल्जियमपछि उरुग्वे मात्र हो।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।