बिहीबार, भदौ ४, २०८३

कास्कीमा ९० करोडको लगानीमा एन्फा एकेडेमी बन्दै

अखिल नेपाल फुटवल एसोसियशनले कास्कीमा एन्फा एकेडेमी निर्माण गर्दैछ। माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्न लागिएको हो।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

पोखरा- अखिल नेपाल फुटवल एसोसियशनले कास्कीमा एन्फा एकेडेमी निर्माण गर्दैछ। माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्न लागिएको हो। 

फिफाको आर्थिक सहयोगमा भेडाबारीको साढे ३ सय रोपनी क्षेत्रफलमा सेण्टर निर्माण गर्न लागिएको एन्फाका प्रमुख कार्यकारी निर्देशक गोकुल थापाले जानकारी दिए। थपाका अनुसार टेक्निकल सेण्टर निर्माणका लागि सबै प्रक्रिया पूरा भैसकेको छ। ३४२ रोपनी जग्गा २० वर्षका लागि भोगचलनको सम्झौता भैसकेको उनले बताए।

‘डीपीआर बनिसक्यो। अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा छ। प्रतिवेदन मन्त्रालयमा पुगिसक्यो,’ उनले भने, ‘मन्त्रालयबाट पास हुनेवित्तिकै काम सुरु हुन्छ।’ अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय लगायत संरचना त्यहाँ बनाईने छ।

ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास र ट्रेनिङहरु सञ्चालन गर्न मिल्ने संरचना तयार हुनेछ। सोही ठाउँमा ८० जना बालबालिकालाई अभ्यासका लागि नियमित राख्ने योजना रहेको थापाले बताए। यहाँबाट अन्तर्राष्ट्रिय प्रतियोगिता समेत सन्चालन गर्न सकिने छ। यहाँ संरचना निर्माणका लागि फिफाले २० लाख डलर पठाएको छ।

पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ खर्च हुने बताइएको छ। चरणबद्ध रुपमा ८० देखि ९० करोडसम्म लगानी हुनेछ। तर, प्रस्तावित ठाउँ जोखिमयुक्त रहेकोले संरक्षणको काम नेपाल सरकारले गर्नुपर्ने प्रश्ताव छ। इदी र मर्दी खोलाको दोभानमा रहेको जग्गामा सेण्टर निर्माण हुने भएकोले खोलाको जोखिम बढी रहेको एन्फा कास्की अध्यक्ष मिलन गुरुङले बताए।

‘जग्गा राम्रो छ। भुगोल र हावापानी सुन्दर छ,’ उनले भने, ‘तर खोलाको जोखिम कायम छ। त्यसलाई तटबन्ध गरेर संरक्षण गर्नुपर्छ। प्रदेश र संघ सरकारले सहयोग गर्ने बचन दिएको छ।’

उनका अनुसार संरक्षणका लागि भने फिफाले लगानी गर्दैन। यसअघि नै गाउँपालिका र निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम मार्फत १ करोडको काम भैसकेको छ। अझै ४ करोड भन्दा बढी लाग्ने बताईएको छ। प्रश्तावित परियोजनाको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समेत अवलोकन गरेर फर्किएका छन्। उनले तटबन्धका लागि आवश्यक बजेट प्रदेश सरकारले विनियोजन गर्ने बचन दिए।

- न्युज कारखाना

प्रकाशित: Oct 23, 2021| 11:03 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।