बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच वर्षीया बालिकामाथि यौन शोषण, उपप्रध्यापक पक्राउ

पाँच वर्षीया बालिकामाथि यौन शोषण, उपप्रध्यापक पक्राउ

पाँच वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा एक जना ५१ वर्षीय उपप्रध्यापक पक्राउ परेका छन्।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

जनकपुरधाम- पाँच वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा एक जना ५१ वर्षीय उपप्रध्यापक पक्राउ परेका छन्।

जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

जनकपुरधाम-८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेको आरोप लागेको छ। मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुवाको दाबी छ। बालिकाको यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएको हो। 

जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन्।

प्रहरीले पीडित बालिकाको शुक्रबार नै मेडिकल जाँच गराएको छ। प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

- न्युज कारखाना

प्रकाशित: Oct 23, 2021| 10:12 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।