बिहीबार, वैशाख २४, २०८३

चीनका १० प्रान्तमा फेरि देखियो कोरोना संक्रमण

चीनको साङ्सी प्रान्तमा अक्टोबर १६ मा दुई जना पर्यटकलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमण थप फैलिएको छ।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

National life

बेइजिङ-  चीनको साङ्सी प्रान्तमा अक्टोबर १६ मा दुई जना पर्यटकलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमण थप फैलिएको छ। चीनका अन्य १० प्रान्तमा फेरि कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सबले जनाएको छ।

भाइरसको जिन सिक्वेन्सिङका अनुसार डेल्टा भेरियन्टको संक्रमण देखिएको तर, यसको वास्तविक संक्रमण कहाँबाट फैलिएको भन्ने कुरा नखुलेको बताइएको छ। इपिडिमियोलोजिस्टका अनुसार खोप अभियानले गर्दा संक्रमण थप नफैलिएको बताइएको छ।

विगत छ दिनदेखि लगातार संक्रमण बढिरहेको छ। बुधबार १३ जना लक्षणसहितको संक्रमण र अन्य सात लक्षण नभएका संक्रमितहरु फेला परेको जनाइएको छ। पछिल्लो समय गाङसु, निङसीया, भित्रि मंगोलिया, हुबेइ, हुनान, गुइझोउ र युनान प्रान्तमा संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

बिहीबार हुबेइ प्रान्तमा एकजनाका संक्रमण देखिएको र भित्रि मंगोलियमा दुई जनामा संक्रमण देखिएको छ। त्यसैगरी गाङसुमा  दुई जना, गुइजोउमा तीनजनाका संक्रमण देखिएको हो ।

कोरोना भाइरसको संक्रमण यात्री समूहबाट फैलिएको हुनसक्ने अनुमान गरिएको छ। यसको संक्रमण फैलिने चेन निकै जटिल बन्दै गएकोसमेत जनाइएको छ।

प्रकाशित: Oct 23, 2021| 11:15 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।