मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • टेक्सासको गर्भपतनसम्बन्धी कानुनलाई अमेरिकी सर्वोच्च अदालतले पुनर्विचार गर्ने

टेक्सासको गर्भपतनसम्बन्धी कानुनलाई अमेरिकी सर्वोच्च अदालतले पुनर्विचार गर्ने

अमेरिकी सर्वोच्च अदालतले टेक्सासमा गर्भपतनलाई पूर्ण प्रतिबन्ध लगाउन अनुमित दिँदै अर्को महिना यस काुननमा पनुर्विचार गर्ने जनाएको छ।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

National life
Laxmi sunrise bank
kumari

वाशिङ्टन- अमेरिकी सर्वोच्च अदालतले टेक्सासमा गर्भपतनलाई पूर्ण प्रतिबन्ध लगाउन अनुमित दिँदै अर्को महिना यस काुननमा पनुर्विचार गर्ने जनाएको छ। टेक्सासको गर्भपतनसम्बन्धी कानुन अनुसार छ हप्तासम्मको गर्भपतन गराएमा चिकित्सकलाई निलम्बन गर्ने गरिन्छ।

सर्वोच्च अदालतले काुनन कसरी निमार्ण गरिएको छ र यो कानुनी चुनौतीको विषय हो कि होइन भन्ने विषयमा निर्णय गर्ने बताइएको छ।

यसअघि टेक्सासमा लागु भएको गर्भपतनसम्बन्धी नयाँ विवादास्पद कानुन तत्कालका लागि रोक्न आदेश दिइएको थियो।

कानुनको संवैधानिकतालाई लिएर प्रश्न उठिरहेका बेला लागु गर्न नगर्न माग गर्दै राष्ट्रपति जो बाइडेनको प्रशासनले दायर गरेको रिटमा सुनुवाइ गर्दै टेक्सासका एक जिल्ला न्यायाधीशले कानुन तत्कालका लागि लागु नगर्न आदेश दिएका थिए।

टेक्सासले केही समयअघि गर्भपतन अधिकांश रुपमा प्रतिबन्ध गर्ने खालको कानुन लागु गरेको थियो। सो कानुनअनुसार कुनै पनि महिलाले गर्भ रहेको ६ हप्ताभन्दा पछि गर्भपतन गराउन पाउने छैनन्। ६ हप्तापछि गर्भपतन गराएमा ती महिला, गर्भपतन सेवा प्रदान गर्ने क्लिनिक तथा चिकित्सकविरुद्ध कुनै पनि व्यक्तिले उजुरी दिनसक्ने व्यवस्था कानुनमा छ।

टेक्सासको राज्य संसदमा रिपब्लिकनको बहुमत छ र उनीहरुले नै कानुन ल्याएका थिए।

न्यायाधीशको आदेशपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अदालतको निर्णयलाई टेक्सासका महिलाको संवैधानिक अधिकार पुनःस्थापित गर्नेतर्फ महत्वपूर्ण कदम भनेको भएको थियो। तर, सर्वोच्च अदालतले भने उक्त कानुन अर्को आदेश नभएसम्मका लागि लागु गर्न आदेश जारी गरेको हो

प्रकाशित: Oct 23, 2021| 09:30 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।