मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • आसियान सम्मेलनमा प्रतिबन्ध लगाउने निर्णयप्रति म्यानमारको सैन्य सरकारद्वारा निन्दा

आसियान सम्मेलनमा प्रतिबन्ध लगाउने निर्णयप्रति म्यानमारको सैन्य सरकारद्वारा निन्दा

म्यानकारको सैन्य सरकारले दक्षिण पूर्वी राष्ट्रहरुको सम्मेलनमा म्यानमारबाट गैरराजनीतिक व्यक्तिलाई बोलाएको भन्दै निन्दा गरेको छ। म्यानमारमा फेब्रुअरी १ मा सेनाले कू गरेपछि विश्वभरका विभिन्न मुलुकहरुले आलोचना गरेका थिए।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

National life
Laxmi sunrise bank
kumari

नेपितो- म्यानकारको सैन्य सरकारले दक्षिण पूर्वी राष्ट्रहरुको सम्मेलनमा म्यानमारबाट गैरराजनीतिक व्यक्तिलाई बोलाएको भन्दै निन्दा गरेको छ। म्यानमारमा फेब्रुअरी १ मा सेनाले कू गरेपछि विश्वभरका विभिन्न मुलुकहरुले आलोचना गरेका थिए।

अक्टोबर २६ देखि हुने २८ सम्म हुन लागेको आसियनका १० वटा सदस्य राष्ट्रहरुको सम्मेलनमा म्यानमारको सैन्य सरकारलाई पनि सहभागी हुन प्रतिबन्ध लगाएको छ। उक्त प्रतिबन्धको निन्दा गर्दै म्यानमार सैन्य सरकारको विदेश मन्त्रालयले म्यामार आसियन सम्मेलनमा सहभागी हुने समान र पूर्ण अधिकार राख्ने जनाएको छ।

म्यानमारबाट को सहभागी हुने अहिलसम्म निश्चित भइसकेको छैन। म्यानमारको विदेश मन्त्रालयले आफ्नो सहभागीता बिना आसियनले लिने कुनै निर्णय र छलफलहरुलाई स्वीकार नगर्ने जनाएको छ।

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार सैन्य सरकारको विरोध गर्ने क्रममा म्यानमार सेनाले फेब्रुअरी १ मा कू गरेपछि करिब एक हजार नागरिक मारिएका थिए भने हजारौलाई सेनाले नियन्त्रणमा लिएको थियो।

प्रजातन्त्र पुनसर््थापना र सैन्य सरकारको निन्दा गर्दै हुने आन्दोलनहरु दबाउनका लागि सेनाले नागरिकमाथि गोली चलाएको थियो। उक्त घटनाको विश्व समुदायले म्यानमार सेनाले चर्को आलोचना गरेको थियो। म्यानमार सेनाले भने मृत्यु हुनेको संख्या बढाइएको बताएको छ।

म्यानमारमा हिंसा अन्त्य गर्न र मानवीय सहायता तथा संवादका लागि आसियन असफल भएको भन्दै अन्तर्राष्ट्रिय निकायले दबाब दिइरहेको छ।

प्रकाशित: Oct 23, 2021| 08:05 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।