मंगलबार, फागुन २६, २०८२

पाकिस्तानको र्‍यालीमा झडप हुँदा दुई प्रहरीको मृत्यु

पाकिस्तानको एक र्‍यालीमा झडप हुँदा दुई पाकिस्तानी प्रहरीको मृत्यु भएको छ।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

National life
Laxmi sunrise bank
kumari

इस्लामावाद- पाकिस्तानको एक र्‍यालीमा झडप हुँदा दुई पाकिस्तानी प्रहरीको मृत्यु भएको छ। पाकिस्तानको लाहोरमा तेहरिक ई लाबैयक (टीएलपी) समूहले गरेको आन्दोलन हिंसात्मक बनेपछि दुई प्रहरीको मृत्यु भएको अलजजिराले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार उक्त झडपमा अन्य धेरै घाइते भएका छन्। शुक्रबार टीएलपीले बृहत र्‍याली आयोजना गरेको थियो। उनीहरुले आफ्ना पार्टीको नेताको रिहाइको माग गर्दै इस्लामावादसम्म र्‍याली गर्ने योजना बनाएको थियो।

सरकारलाई दबाब दिनका लागि इस्लामावादसम्म जान लागेको उक्त आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि हिंसात्मक बनेको हो। टीएलपीका नेता साद रिज्बीलाई प्रहरीले गत वर्ष फ्रान्सविरुद्ध आन्दोलन गर्ने क्रममा पक्राउ गरिएका थिए।

शुक्रबार पाकिस्त्तान सरकारले उक्त आन्दोलनलाई रोक्नका लागि सुरक्षाकर्मीसहित अर्धसैन्य बल परिचालन गरेको थियो। अधिकारीहरुले मोबाइल नेटवर्कसमेत बन्द गराएका थिए। प्रहरीले विभिन्न सडकहरु पनि बन्द गरेपछि आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो।

प्रकाशित: Oct 23, 2021| 07:40 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।