आइतबार, जेठ १७, २०८३

बाढीका कारण विराटनगरमा ३ जनाको मृत्यु

सोमबार र मंगलबारको वर्षाका कारण विराटनगरमा ३ जनाको मृत्यु भएको छ। ३ हजार घरपरिवार प्रभावित भएका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

विराटनगर- सोमबार र मंगलबारको वर्षाका कारण विराटनगरमा ३ जनाको मृत्यु भएको छ। ३ हजार घरपरिवार प्रभावित भएका छन्। 

National life

शुक्रबार महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा महानगर प्रमुख भीम पराजुलीले बाढीका कारण ३ जनाको मृत्यु भएको बताए। उनले मृतकका परिवारलाई तत्काल किरिया खर्च ५० हजार उपलब्ध गराइने निर्णय भएको बताए। प्रमुख पराजुलीले भने, ‘प्रदेश र संघीय सरकारले मृतकका परिवारले राहत दिने निर्णय गरेको कहिले आईपुग्ला, त्यही भएर महानगरले किरिया खर्च दिन लागेको हो।’ 

उनले बाढी र डुवानका कारण प्रभावित भएकाहरुलाई संघीय सरकारले १५ हजार तत्काल क्षतिपुर्ती उपलब्ध गराउने भएकाले वडा कार्यालयहरुमा जानकारी गराउन आग्रह गरे। बाढी र डुबानबाट भएको क्षतिको विवरण महानगरले संकलन गरिरहेको उनले बताए। 

प्रमुख पराजुलीका अनुसार बाढी र डुवानका कारण विस्थापीत भएकाहरुलाई महानगरले खाना खुवाईरहेको छ। बाढीका कारण प्रभावित भएका कृषक र व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश र संघीय सरकार समक्ष माग गरिने प्रमुख पराजुलीले बताए। 

वर्षाका कारण विराटनगरका अधिकांश वडाहरु डुवानमा परेको विराटनगर महानगरपालिकाका विपद् फोकल पर्शन राजेन्द्र प्रधानले बताए। उनका अनुसार हालसम्म २ हजार ६९० घर परिवार बाढी र डुवानबाट प्रभावित छन्। प्रधानले भने,‘ यो प्रारम्भिक तथ्याङ्क मात्रै हो, विवरण संकलन भईरहेको छ।’ प्रधानका अनुसार विराटनगर १ बाढीका कारण बढी प्रभावित बन्यो। वडा नम्वर १ मा ६ सय घर परिवार डुवानमा परेको उनले बताए।

Shivam cement

प्रकाशित: Oct 22, 2021| 18:24 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।