बिहीबार, भदौ ४, २०८३

पाउजु लुट्न हत्याको प्रयास गर्ने एक पक्राउ

धनुषामा एक महिलाले लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

जनकपुरधाम- धनुषामा एक महिलाले लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको विदेह नगरपालिका- ६ गिद्धा बस्ने ५० वर्षीया जमुन देवीले खुट्टामा लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने स्थानीय ३५ वर्षीय रामभजन महतोलाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार बिहान ११ बजे चौरमा घाँस काटिरहेका बेला जमुनको घाँटीमा छुरा रेटेर महतोले पाउजु लुट्ने प्रयास  गरेका थिए।

छुरा प्रहारले जमुनको घाँटीमा काटिएर रगत आएको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराउँदै उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए। अहिले जमुनको स्वास्थ्य अवस्था ठिक रहेको र घटनामा संलग्न महतोलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा महतोले जमुनको पाउजु लुट्न हत्याको प्रयास गरेको खुल्न आएको उनले बताए।  -न्युज कारखाना


प्रकाशित: Oct 22, 2021| 18:18 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।