मंगलबार, फागुन २६, २०८२

एक हप्तामा हजारौं अफगानीलाई सहयोग

अफगानिस्तानभर अक्टोबर ११देखि १७ सम्म एक हप्ताभित्र हजारौं अफगानीले मानवीय सहायता प्राप्त गरेका मानवीय सहायता मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जानकारी गराएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

काबुल- अफगानिस्तानभर अक्टोबर ११देखि १७ सम्म एक हप्ताभित्र हजारौं अफगानीले मानवीय सहायता प्राप्त गरेका मानवीय सहायता मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जानकारी गराएको छ। 

National life

उत्तरपूर्वमा हालै आफ्नो गाउँमा फर्किएका दुई हजार ६२५ आन्तरिक रुपमा विस्थापित अफगानहरूले बदाखशान प्रान्तमा घरायसी सामान प्राप्त गरेका अफगानिस्तानको मानवीय सहायतामामिला हेर्ने संस्था (ओसिएचए) ले जनाएको छ। 

उत्तरपूर्वमा थप छ हजार १३ जनाले मानवीय सहयोग दिइएको  विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मौसमी सहायता कार्यक्रमअन्तर्गत बडाखर्क, कुन्दुज र तखार गाउँपालिकामा गरी जम्मा १६ हजार ५५६ जनाले खाद्यान्न सहयोग प्राप्त गरेका ओसिएचएद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। उत्तरमा जावजन र सारी पुल प्रान्तमा डब्लुएफपी मौसमी जीविकोपार्जन सहयोग कार्यक्रम अन्तर्गत एक महिनाका लागि ४३ हजार असुरक्षित जनताले खाद्यान्न प्राप्त गरेका छन् भने विस्थापित तथा फिर्ता भएका व्यक्तिसहित तीन हजार ९७६ जनाले बाल्ख र फरियाब प्रान्तको राजधानीमा मानवीय सहायता प्राप्त गरेका छन्।   

स्रोतका अनुसार दक्षिणमा १९ हजार १७८ जनालाई घरायसी सामान, सरसफाइ किट र कान्दहार, हेलमण्ड, जबुल र उरुज्गानमा टेन्ट सहयोग गरिएको छ।  साथै, हेलमन्ड, जाबुल र उरुज्गान प्रान्तमा एक हजार ९४२ परिवारलाई नगद सहयोग प्रदान गरिएको छ। 

पूर्वमा झन्डै ५६,००० मानिसहरूले मानवीय सहयोग पाए भने उक्त अवधिमा पश्चिमी क्षेत्रमा अन्य दुई हजार जनालाई सहयोग गरियो।   केन्द्रीय क्षेत्रमा अगस्टमा द्वन्द्वका कारण विस्थापित भएका ३०८  जनाले काबुल, खोस्ट र परवान प्रान्तमा मानवीय सहायता प्राप्त गरेका थिए।

Laxmi sunrise bank
kumari

काबुलमा उपस्थित ११ हजार ९३५ आन्तरिक विस्थापितले आफ्नो उद्गमस्थलमा फर्कन नगद तथा यातायात सहयोग प्राप्त गरेको विज्ञप्तिमा जनाइएको छ। 

अगस्तको मध्यतिर अफगानिस्तान तालिबानको कब्जामा आएपछि सुरक्षा स्थिति सामान्यतया देशभरि शान्त रहेको तालिवान सरकारका प्रवत्ताले दाबी गरेका छन्। 

दशकौंको द्वन्द्व र विस्थापन, दीर्घकालीन गरिबी, कोभिड–१९ महामारी, गम्भीर खडेरी, असफल स्वास्थ्य प्रणाली र पतनको सँघारमै रहेको अर्थतन्त्रले लाखौं अफगानीहरूलाई गम्भीर असर पारेको ओसिएचएले जनाएको छ। 

प्रकाशित: Oct 22, 2021| 23:00 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।