काठमाडौं- पोर्चुगलविरुद्ध उरुग्वेले सुरुवाती अग्रता लिएको छ। खेलको सातौं मिनेटमा उरुग्वे अग्रता लिन सफल भएको हो।
पहिलो चरणमा समुह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको उरुग्वेका लागि इडिन्सन काभानीले पहिलो गोल गरेका हुन् ।
स्वराजले दिएको पासको सहि सदुपयोग गर्दै काभानी गरेको हेडले जाली चुमेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४