बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लोसपाका विद्यार्थी नेताहरुले बुझाए मन्त्रीलाई धानको बाला

लोसपाका विद्यार्थी नेताहरुले बुझाए मन्त्रीलाई धानको बाला

विद्यार्थी नेताहरुले धानको बाला बुझाउनुका साथै मन्त्री यादवलाई किसानहरुलाई अविलम्ब राहत उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को भातृ संगठन लोकतान्त्रिक समाजवादी विद्यार्थी संघले प्रदेश सरकार किसानहरुको पीडामा उदासिन रहेको भन्दै बिरोध स्वरुप मन्त्रीलाई धानको बाला बुझाएका छन्। 

लोकतान्त्रिक समाजवादी विद्यार्थी संघ धनुषाका अध्यक्ष रितेश कुमार यादवको अगुवाईमा गएको विद्यार्थी नेताहरुको टोलीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवलाई बिरोध स्वरुप धानको बाला बुझाएका हुन्।

कार्तिक १ र २ गते भएको बेमौसमी वर्षाका कारण किसानहरु धान भित्र्याउन नपाउँदै पीडामा परेपनि प्रदेश सरकार उनीहरुको पीडामा मलहम लगाउनुको साटो उदासिन रहेकाले किसानहरुको तर्फबाट बिरोध स्वरुप धानको बाला बुझाएको लोसपाका विद्यार्थी नेता रोशन मिश्रले जानकारी दिए।

विद्यार्थी नेताहरुले धानको बाला बुझाउनुका साथै मन्त्री यादवलाई किसानहरुलाई अविलम्ब राहत उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन्। प्रदेश सरकारले किसानहरुको माग सम्बोधन नगरे आन्दोलनमा उतरिने चेतावनी समेत दिए।  

ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले पीडित किसानहरुको लगत संकलन गर्ने कार्य भईरहेको चाँडै नै किसानहरुलाई राहत उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित: Oct 22, 2021| 19:30 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।