सुर्खेत- मुगु बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई कर्णाली प्रदेश सरकारले एक लाख रुपैयाँ दिने भएको छ।
प्रदेश विपद व्यवस्थापन परिषद्को शुक्रबार बसेको बैठकले बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत स्वरुप प्रति परिवार एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
गत असोज २६ गते नेपालगञ्जबाट मुगु छुटेको भे १ ख ३१६७ नम्बरको बस छाँयानाथ रारा नगरपालिका ७ पिनाटपने खोलामा दुर्घटना भएको थियो।
दुर्घटनामा २४ जनाको घटनास्थलमै, चार जनाको उद्धारका क्रममा र पाँच जनाको उपचारका क्रममा गरेर कुल ३३ जनाको मृत्यु भएको थियो।